Comments Add Comment

किन घट्दैन महिलाको तौल ? यस्तो छ कारण

हिजोआज धेरै महिला आफ्नो तौल घटाउने दौडमा छन् । तौल घटाउनकै लागि उनीहरूले प्रत्येक दिन नयाँ नयाँ उपाय अविलम्बन गरिरहेका हुन्छन् । यद्यपि उनीहरूको तौल घट्नुको साटो झन्झन् बढ्ने गर्छ ।

तौल घटाउने सही तरिकाबारे जानकारी नहुँदा महिलाहरूको तौल घट्नको सट्टा झन् झन् बढ्ने गरेको विशेषज्ञहरू बताउँछन् ।

प्रोटिनको सेवन

प्रोटिन शरीरका लागि महत्वपूर्ण छ । यसले शरीरीक विकास गर्ने मात्र नभई शरीरको मांशपेशीलाई समेत मजबुती प्रदान गर्छ । तर यही कुरालाई नबुझेर कयौ महिला प्रोटिनको सेवन कम गर्छन् र  बोसोयुक्त आहार बढी खान्छन् ।

वोसोयुक्त आहारको सेवन शरीरका लागि निकै हानिकारक मानिन्छ ।यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउनुका साथै शरीरमा अतिरिक्त बोसो जम्मा गर्ने गर्छ । त्यसैले  महिलाहरूले आफ्नो तौल कम गर्नका लागि प्रोटिनयुक्त आहारको सेवन गर्न निकै जरुरी छ ।

फलफूलको सेवन

भिटामिन, प्रोटिन, फाइबर तथा मिनरल्सयुक्त फलफूलमा प्रशस्त मात्रामा चिनी हुन्छ । त्यसैले, महिलाहरू यस्ता फलफूल सेवन गर्न डराउने गर्छन् ।जब कि फलफूलबाट पाइने चिनी अन्य चिनीभन्दा फरक हुन्छ  । यसले शरीरमा फरक ढङ्गले काम गर्छ ।फलफूलमा सोडियम, क्यालोरी तथा बोसोको मात्रा समेत स्वाभाविक रूपमा कम हुन्छ भने कोलेस्ट्रोलको मात्रा शून्य हुने गर्छ । त्यसैले पनि महिलालाई फलफूल सेवन गर्न सुझाव दिने गरिन्छ । यसले क्यान्सर, मधुमेह, मुटु रोगजस्ता गम्भीर रोगसित लड्न शरीरलाई सहायता प्रदान गर्छ ।

कम क्यालोरीको सेवन

अधिक मात्रामा क्यालोरीयुक्त खानेकुराको सेवन शरीरका लागि घातक मानिन्छ भने कम क्यालोरीयुक्त खानेकुराको सेवन पनि शरीरको लागि घातक हुनसक्छ । कम क्यालोरीयुक्त खानेकुराको सेवन गर्दा बढी भोक लाग्ने गर्छ । यसले गर्दा वजन त बढ्नुका साथै मांसपेशीमा हानि पुग्ने गर्छ ।

पर्याप्त निद्राको कमी 

पर्याप्त निद्रा नपुगे वा निद्राको कमी भए शरीरमा प्रतिकूल असर पर्ने गर्छ । यसकै कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जब महिलाहरूले घर तथा बाहिरका काम  गर्न थाल्छन्, उनीहरूलाई पर्याप्त आराम पुग्दैन र निद्राको कमी हुन थाल्छ । निद्राको कमीकै कारण महिलाहरूको तौलमा समेत असर पर्छ ।

एक्सरसाइज परिवर्तन

दैनिक गरिने एक्सरसाइजबाट पर्याप्त फाइदा लिनका लागि समय समयमा परिवर्तन ल्याउनु जरुरी छ  । यसको मतलब आफ्नो दैनिकीलाई नै बदल्ने होइन । आफ्नो ट्रेनरसित सोधेर एक्सरसाइजमा केही फरकपन ल्याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment