Comments Add Comment

कसरी मन्त्र जप्दा पूर्ण लाभ मिल्छ ?

वैदिक सनातन धर्ममा मन्त्र जपको ठूलो महत्व छ । मानसकारका अनुसार मन्त्र त्यस्तो मणि हो जसले मानिसको भाग्यमा लेखिएको नराम्रो लेखलाई समेत मेटाउने सामथ्र्य राख्दछ । ज्योतिष शास्त्रमा पनि मन्त्र जपलाई महत्वपूर्ण मानिएको छ ।

अनिष्ट ग्रहको शान्तिका लागि विधिविधानपूर्वक उचित तरिकाले गरिने मन्त्रजपले त्यस्ता ग्रहको अशुभ फलको प्रभावलाई कम गर्छ । शास्त्रहरूमा ग्रहशान्तिका लागि विधिपूर्वक मन्त्र जप गर्ने तरिका बताइएको छ जसलाई जापकले पालन गर्नु आवश्यक छ ।

शास्त्रमा उचित स्थान, उचित समय, उचित संख्या तथा उचित तरिकाले मन्त्रको जप गरे पूर्ण रूपले फाइदा प्राप्त हुने कुरा बताइएको छ ।

कसरी जप्ने मन्त्र ?

-मन्त्र सदैव उपांशु (ओठ मात्र चलोस् अरूले सुन्न नसकून्) वा मानसिक रूपमा गर्नु आवश्यक छ ।

-मन्त्र जपका लागि कुश वा ऊनको आसन राम्रो मानिएको छ ।

-मन्त्र जप्दा मालालाई गोमुखी वा अन्य कुनै शुद्ध कपडाले छोपेर मात्र माला घुमाउनुपर्छ ।

-जपमालालाई साहिँली औंलामा राखेर माझी औंलाले घुमाउनुपर्छ, चोरी औंलाले छुनु हुँदैन ।

-मन्त्र जप गर्दा मालाको सुमेरुलाई ननाघि फर्काएर गर्नुपर्छ ।

-मन्त्र जप गर्ने समयमा उठ्नु, बोल्नु तथा यताउति मन डुलाउनु हुँदैन ।

-जप पूरा भइसकेपछि जप गर्न बसिएको जमिनलाई टाउकाले ढोग्नुपर्छ ।

-कुनै कारणवश जपको बीचमा उठ्न वा बोल्न पर्‍यो भने पुनः मालाको सुरुबाटै जप्न थाल्नुपर्छ ।

कहाँ बसेर गर्ने जप ?

शास्त्रहरूमा मन्त्र जप गर्ने ठाउँको श्रेष्ठता समेत बताइएको छ । घरमा बसेर गरिने मन्त्र जप सबैभन्दा कम फलदायक हुन्छ । गौशाला, तीर्थस्थल, पहाड वा नदी किनारमा बसेर गरिने जप क्रमशः उत्तरोत्तर श्रेष्ठ फलदायी हुन्छ । मन्दिरमा बसेर गरिने जप सर्वोत्तम फल दिनेवाला हुन्छ अर्थात् यसरी गरिने जपको फल अनन्त हुने कुरा शास्त्रमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment