Comments Add Comment

शनिवार काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने


२२ चैत, काठमाडौं । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ ।

चैत्र २४ गते एक्सपर्ट एजुकेसनको कार्यालय पुतलीडकमा हुन गइरहेको फेयरमा अष्टे्रलियाका नौ वटा कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहने छ ।

फेयरमा टप एजुकेशन, किङ्स वन इन्स्टिच्यूट, केन्ट इन्स्टिच्यूट, सीएसयु-स्टडीग्रुप, एजुकेशन सेन्टर अफ अष्ट्रेलिया, एक्सेलसिया कलेज, मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलजी, टरेन्स युनिभर्सिटी, होल्म्स इन्स्टिच्यूट गरी नौ वटा कलेज तथा युनिभर्सिटीहरुको उपस्थिती रहने छ ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाकाअनुसार ‘विद्यार्थीहरुलाई अष्ट्रेलियन एजुकसेनको सम्वन्धमा बुझन् विभिन्न स्थलमा धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि यो फेयरले सहयोग गर्ने छ ।

फेयर विहान ११ बजे बाट दिउँसो ४ बजेसम्म सञ्चालन हुने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment