२५ चैत विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गोली लागी घाइते आचार्य श्रीनिवासलाई भेटी स्वास्थ्यस्थितिको बारेमा जानकारी लिएका छन् ।
विराटनगरस्थित न्युरो अस्पतालमा पुगी मन्त्री कार्कीले श्रीनिवाससँग भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
मन्त्री कार्कीका अनुसार उनी सामान्य बोल्न सक्ने अबस्थामा रहेका छन्।
उनलाई घटनाको बारेमा नसोधी स्वास्थ्यस्थितिको बारेमा सामान्य जानकारी लिएको मन्त्री कार्की बताए ।
उनले अस्पताल प्रशासनलाई श्रीनिवासको उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन् ।
‘मुख्यमन्त्रीज्यू भोजपुर जानुभएको समयमा घटना घटेको छ’ मन्त्री कार्कीले भने ‘प्रदेश सरकारले उहाँ (श्रीनिवास) को विषयमा के गर्ने भन्ने विषयमा छलफल भएको छैन । तर उपचारमा कुनै कमी हुन नदिन प्रदेश सरकार प्रतिवद्ध रहेको छ’।
मन्त्री कार्कीले श्रीनिवासमाथि गोली प्रहार गर्ने व्यक्तिको छिट्टै पहिचान गरी प्रहरीले पक्राउ गर्ने पनि दावी गरे ।
अपराधी भाग्न सक्ने स्थिति छैन भन्दै मन्त्री कार्कीले उनीहरु एक ,दुई दिन भित्रै प्रहरी नियन्त्रणमा आउनेमा आश्वास्त पारे ।
उनले घटना भएपछि जिल्ला स्थित सुरक्षा समितिको वैठक बसी जिल्लाको सुरक्षस्थित मजबुत बनाइएको जानकारी दिए ।
आर्चाय श्रीनिवासमाथि गोली प्रहारको घटना एक व्यक्तिमाथि नभई समग्र हिन्दु धर्ममाथिको प्रहार भएको बताउदै मन्त्री कार्कीले भोलिका दिनमा यस्ता घटना हुन नदिन प्रदेश सरकार संवेदनशील रहेको पनि बताए ।
प्रतिक्रिया 4