Comments Add Comment

श्रीनिवासलाई गोली हानेपछि स्थानीय आतंकित, भन्छन्- यसरी गोली कहिल्यै चलेको थिएन


२५ चैत, इटहरी । विराटनगर-१४ जतुवाका स्थानीय विद्यानन्द यादवले आइतबार राति २ बजे कसैले चिच्याएको आवाज सुने । उनलाई लाग्यो अरुबेला जस्तै कुनै जँड्याहा सडक किनारमा कराइरहेका छन् ।

तर, केहीबेरसम्म लगातारको आवाजपछि भने यादव झस्किए र बुझे गोली हानिएको रहेछ । ‘ऐया ऐया आवाज आएपछि मात्रै म ब्युँझिए’, रामजानकी मन्दिरसँगै जोडिएको घरमा बसेका यादवले भने, ‘पछि बुझ्दा हाम्रो पण्डितजीलाई गोली हानेर भागेछ ।’

यादवकै घर छेउमा बस्ने नुतन यादवलगायतका छिमेकीहरूले पनि कसैले गोलीको आवाज सुनेको बताए । कसैले चिच्याएको मात्रै सुनेको बताए । आˆनो गाउँको गौशालामा पहिले पनि आचार्य श्रीनिवास आचार्यले पुुराण लगाएको तर यस्तो अपि्रय घटना नभएको बताए ।

‘माओवादी युुद्धमा नचलेको गोली आज चल्यो’, यादवले भने, ‘आज बिहान ७ बजे कलश यात्रा गरेर एघार बजेबाट सप्ताह पुराण हुुँदैथियो । सबै अब सकियो ।’

रामजानकी मन्दिरको शौचालयमा गोली हानिएका श्रीनिवास आचार्य ढलेको स्थानको ठीक पछाडि घर भएका विद्यान्द यादव मात्रै हैन मन्दिरका पूजारी धनेश्वर यादव पनि आइतबारको घटनाबाट आश्चर्यचकित छन् । ‘म मन्दिरमा पूजारी भएको धेरै भयो तर यस्तो गोेली मन्दिरमा कहिल्यै चलेको थिएन’ उनले भने ।

४ किलोमिटर परको प्रदेश प्रहरी ४५ मिनेटपछि आयो

घटनास्थल र प्रदेश प्रहरी कार्यालयको दूरी बढीमा ४ किलोमिटर छ । तर, घटना भएको समयको एकघण्टा हाराहारीमा मात्रै प्रहरी आएको श्रीनिवास आचार्यका सहयोगी र गोलीको आवाजले व्युझिएका नारायणप्रसाद अर्यालले बताए ।

आचार्यसँगै सुतेको बताएका अर्यालले भने, ‘हामी भेला भएर हार गुुहार गरेको ४५ मिनेट पछि मात्रै प्रहरी आएको हो ।’

भारतीय सिमाना र प्रदेश प्रहरी कार्यालयको ४ किलोमिटर हाराहारीको दुरीमा गोली प्रहार हुनुुले प्रदेश १ को अस्थायी मुकाम विराटनगरको सुरक्षा चिन्ता बढाएको धेरैले बताएका छन् ।

प्रदेश १ का सांसद लिलम बस्नेतले प्रदेश प्रहरी कार्यालय र सिमाना नजिकैको यस्तो घटना हुनुुले ठूलो चिन्ता बढाएको बताए । उनले भने, ‘अप्रिय घटनाहरू सबैतिर हुन्छन् तर प्रहरी समयमै नपुुगेकाले समस्या जटिल देखियो ।’

प्रदेशको अस्थायी मुकाम क्षेत्रमा भएको गोली प्रहार र प्रहरीको ढिलो आगमन अनि अझै गोली हान्नेको पहिचान नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुुमार बिसीले भने गोली नजिकबाट हानिएको देखिएकाले प्रहरीले गोली हान्नेको खोजी तीब्र पारिएको बताएका छन् । घटनास्थलमा मङ्गोल आर्मी नाममा एक पर्चा पनि भेटिएकाले घटना थप रहस्यमय बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment