Comments Add Comment

प्रदेश २ का सांसद भन्छन्ः मुख्यमन्त्रीजी नाम पछि राखौंला राजधानीको टुंगो लगाउनुस्

२५ चैत, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा सत्तारुढ दलकै सांसदले प्रदेशको स्थायी राजधानीबारे प्रस्ताव ल्याउन सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा राजपा सांसद मनिष सुमनले स्थायी राजधानीको विषयमा टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘नामको कुरापछि टुंगो लगाउनु होला मुख्यमन्त्रीजी’ उनले भने-‘राजधानीको टुगो लगाउनुस् । राजधानी कँही अन्यत्र सारिन्छ कि भनेर भाडामा बस्न सकिएको छैन ।’

उनले अघि भने, ‘भाडाको घरमा लगाउने कार्पेट राजधानी अन्यत्र सारिँदा बिगि्रन्छ कि भनेर होटलमा बस्दैछु ।’

साथै उनले सरकारले आफनो गतिमा तिव्रता ल्याउनु पर्ने बताए । विभिन्न बाधा र अवरोधका बीच काम गरिरहेको र त्यो सकारत्मक रहेपनि यसमा तिव्रता ल्याउनुपर्ने उनले बताए ।

एमालेका प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर विश्वकर्माले समेत सरकारको काम सुस्त रहेको र नामाकरणको विषयमा जति सक्दो निर्णय गर्नु पर्नेमा जोड दिएका छन् ।

बैठकमा प्रदेशसभा सदस्यहरुले किसानको समस्याप्रति प्रदेश सकारको ध्यानाकर्षण गराएका छन् । उनिहरुले यस प्रदेशको मुख्य आर्थिक विकासको मेरुदण्ड नै कृषि भएको भन्दै सरकारले कृषिलाई विशेष प्राथमकिता दिनुपर्ने बताएका छन् ।

संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्य संजयकुमार यादवले मधेसका किसानहरुको समस्यालाई प्रदेश सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । राजपाका अभिराम शर्माले जनकपुर भिठ्ठामोर सडकखण्ड लथालिंग अवस्थामा रहेको भन्दैसरकारको ध्यानार्षण गराएका छन् ।

प्रदेशसभा बैठकमा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य रुवीकुमारी कर्णले आगलागीका घटना रोक्न सचेतना अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment