Comments Add Comment

किसानको ४४ करोड नदिने इस्टन सुगर मिलका सञ्चालक पक्राउ

सांकेतिक तस्वीर

२६ चैत, काठमाडौं । प्रहरीले सुनसरीको इस्टर्न सुगर मिलका वित्त प्रबन्धक बृजमोहन गुप्ता पक्राउ गरेको छ ।

किसानसँग उखु खरिद गरेवापत भुक्तानी गर्नुपर्ने झण्डै ४४ करोड रुपैयाँ नदिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनसरीका डीएसपी नारायणप्रसाद चिमोरियाले किसानलाई भुक्तानी रकम किन नदिएको हो भन्ने बारेमा जानकारी दिन कार्यालयमा ल्याइएको जानकारी दिए । उक्त चिनी उद्योगले चैत १० गते २२ गतेभित्र किसानको रकम भुक्तानी सुरु गर्ने प्रतिवद्दता व्यक्त गरे पनि भुक्तानी नगरेपछि प्रहरीले उद्योगीलाई पक्राउ गरेको हो ।

केही दिनअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कारवाही गर्ने चेतावनी दिएका थिए ।

चिनी उद्योगीहरुले भने आयातित चिनीमा भन्सार दर नबढाएसम्म भुक्तानी नगर्ने अड्डान लिँदै आएका छन् । इस्टन सुगर मिलसहित झण्डै दर्जन चिनी उद्योगले किसानको करोडौं रकम भुक्तानी रोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment