Comments Add Comment

सर्वेन्द्र र शैलेन्द्रले लगाए आईजीपीको फुली

नेपाल प्रहरीको आईजीपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न लगाइदिँदै गृहमन्त्रालयका सचिव प्रेम कुमार राई । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले बिहीबार बिहान दर्ज्यानी चिह्न पाएका छन् ।

खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । यद्यपि, खनालद्वयले बुधबार साँझबाटै कार्यभार सम्हालेका थिए ।

सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

(यो पनि पढ्नुहोस्- सर्वेन्द्र खनालको सेक्रेटः असईको सेखी झार्न इन्स्पेक्टरमा भर्ना)

नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएका छन् ।

नेपाल प्रहरीका वर्तमान अर्याल र श्रेष्ठसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment