Comments Add Comment

यस्तो छ धोनीको डाइट र फिटनेसको राज

भारतीय क्रिकेटका सफल कप्तान महेन्द्र सिंह धोनी ३६ वर्षका भए । उनी क्रिकेटमा जति सफल छन् आˆनो तन्दुरुस्तीमा पनि उत्तिकै । मैदानमा फुर्तिलो र फिट देखिनुका पछाडि केही कारण छन् ।

यो उमेरमा पनि यस्तो फिट कसरी हुने होला त ? अचम्म मान्नु पर्दैन, आˆनो खाने कुरामा ध्यान दिने हो भने तन्दुरुस्त रहन कठीन भने छैन ।

कसरी छन् त धोनी यस्तो फिट ?

धोनी खानेकुराका सौखिन छन्, तर उनी स्वस्थ खानेकुरा मात्र खान्छन् । धेरैले मन पराउने क्रिकेटर धोनीलाई बटर चिकन मन पर्छ । यस्तोमा उनको दैनिक डाइट भने एकदमै हलुका र स्वस्थ छ । धोनीको खानेकुरा पौष्टिक तत्वयुक्त हुन्छन् । उनी बिहानको खाजामा गहुँको मिश्रणबाट बनाइएको खानेकुरा खान्छन् । जसलाई हिन्दीमा दलिया भनिन्छ । उनी दलियामा फलफूल र बदाम, काजु, पास्ता मिसाएर खान्छन् । उनी बिहान दूध पनि पिउने गर्छन् ।

मध्यान्ह उनी दाल र कुखुराको मासुसँग रोटी खान्छन् । त्यससँगै सागपातको सलाद खान्छन् । कहिले काँही भोक लागेको बेला उनी चिकन स्याण्डविच पनि खान्छन् । उनी खेल्ने समयमा पनि प्राय स्वच्छ जुस पिउने गर्छन् । जसले उनलाई उर्जा बचाइराख्न मद्धत गर्दछ । उनलाई दूध र दही पनि विशेष मन पर्छ ।

यसैले होला न्यूजिल्याण्डका क्रिकेटर स्टेफन फ्लेमिङ पनि धोनीको फिटनेसको तारिफ गर्छन् । विकेट किपर भएर धोनी पूरै इनिङ स्क्वाट पोजिसनमा रहन्छन् । यस्तो पोसिजनमा टिकिरहन तब मात्र सकिन्छ, जब पूरा फिट होइन्छ ।

धोनीलाई अन्य खेल खेल्न पनि रमाइलो लाग्छ । उनका फिटनेस गुरुको भनाईअनुसार उनी ब्याडमिन्टन र फुटबल पनि राम्रैसँग खेल्छन् । जिम नगएको दिन उनी यही खेलहरुमा ध्यान दिने गर्दछन् । ब्याडमिन्टन आँखासँग पनि सम्बन्धित खेल हो, जसले ध्यान एकत्रित गर्न र सहग रहन मद्धत पुर्‍याउँछ । फुटबलले स्टामिना बढाउन मद्धत गर्दछ । यसैले धोनी यो उमेरमा पनि फिट एण्ड फाइन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment