+
+

डडेल्धुरामा सञ्चालनमा आयो प्रदेश ७ कै ठूलो शीत भण्डार

आशिष मल्ल आशिष मल्ल
२०७४ चैत २९ गते १३:२७

२९ चैत, डडेल्धुरा । डडेल्धुरामा प्रदेश ७ कै ठूलो शीत भण्डार सञ्चालनमा आएको छ ।

कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका-१ दहमा आधुनिक प्रविधिसहितको उग्रतारा शीत भण्डार उद्योग प्रालि सञ्चालनमा आएको हो ।

१४ हजार ५ सय क्विीन्टल क्षमताको कोल्ड स्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा स्थापना हो ।

करिण्ब २ वर्षअघिबाट निमाण सुरु भएको शीत भण्डार २ करोड ५७ लाख सञ्चालकको र २ करोड ९९ लाख साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको गरी ५ करोड ५७ लाखमा सम्पन्न भएको उग्रतारा शीत भण्डारका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
शीत भण्डारमा प्रतिक्विन्टल ५०० रुपैयाँमा किसानले आफ्नो उत्पादन राख्न सक्नेछन ।

६ महिनासम्म किसानले आफ्नो उत्पालन यहाँ राख्न पाउने हुँदा उनस्हरुको आए स्तरमा बृद्धि हुने विश्वास लिइएको छ ।

शीत भण्डार निर्माण भइसकेपछि यसबाट करिब ९ सय घरधुरीहरु लाभान्वित हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने बताइएको छ ।

जिल्लामा आलुको बीउ प्रसस्त मात्रामा उत्पादन हुँदा पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बीउहरु ल्याउनु पर्ने बाध्यता रहेका थियो ।

अब जिल्लामै शीत भण्डार स्थापना भइसकेेपछि किसानहरु हर्षित भएका छन् । ‘कोल्ड स्टोर स्थापना भएपछि अब हाम्रो तरकारी सड्दैन’ एक किवी किसान गणेश ऐर भन्छन ‘ बाहिरका व्यापारीले पनि यहाँको उत्पादन लग्ने हुदाँ हाम्रो उत्पादनले उपयुक्त मुल्य पाउँछ ।’

त्यस्तै गन्यापधुराका कृष्णदत्त अवस्थी पहिले आलुको बीउ कुहिने तथा किरा लाग्ने गरेकोमा अब विउ भण्डार गर्न सजिलो भएको बताउँछन् । उनी भन्छन’ पहिलेदेखि नै आलु पकेट क्षेत्र भएकाले हाम्रो उत्पादन बैतडी, डोटी अछाम लगायत पहाडी जिल्लामा जान्थ्यो ।’ कोल्ड स्टोर संचालन भएसँगै बीउ लामो समयसम्म राख्न पाउने छौ र अब हामीले उपयुक्त मूल्य पाउँछौ र बिचौलीयाहरु हराउँछन । ‘

शीत भण्डार सञ्चालनमा आएपछि जिल्लामै उत्पादित आलुको बीउ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरी पुनः बीउको लागि प्रयोग गर्न सकिने हुँदा भारतबाट आउने तरकारी तथा फलफूल रोकिने र यहाँको उत्पादन निर्यात हुने कृषि कार्यालयको भनाइ छ ।

यो शीत भण्डारले प्रदेश ७ का पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बीउ र फलफूलहरु संचित गर्न सहयोग पुग्ने छ ।

यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मूल्य बृद्धि भएपछि बिक्री बितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?