Comments Add Comment

कर्णाली सरकारले छुट्यायो रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख

२९ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष ०७५ को उदघाटन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

बुधबार राति १० बजे सकिएको चौथो मन्त्रिपरिषद बैठकले पर्यटन वर्ष उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट विनियोजन गरेको हो ।

कर्णाली प्रदेश सरकारको रारामा बस्ने मन्त्रिपरिषद बैठकको एजेण्डा पनि तय गरेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

बैठकले पर्यटन वर्ष उदघाटन कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारी सम्बन्धी आवश्यक निर्णय समेत गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णय समेत भएको प्रवक्ता केसीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment