Comments Add Comment

पाहुना स्वागत गर्ने तयारीमा स्मारक

२९ चैत, हेटौंडा । मध्यक्षेत्रकै पर्यटकीय गन्तव्यमा पर्ने हेटौंडाको शहीद स्मारकमा आउने पर्यटकको स्वागतका लागि काम थालिएको छ ।

हेटौंडा-११ मा रहेको स्मारकमा आउने पर्यटकको सुबिधा र स्वागतको काम स्मारक बिकास समितिले गरिसकेको बताइएको छ ।

मध्यक्षेत्रको तराईको जिल्ला सर्लाहीदेखि नवलपरासीसम्मका आन्तरिक र भारत बिहार क्षेत्रबाट सम्म आउने पर्यटकको स्वागतका लागि सबै तयारी पूरा भएको स्मारक बिकास समितिले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर भित्र रहेको स्मारकमा उल्लेख्य संख्यामा पर्यटकको चाप बढ्ने भएकाले बिकास समितिले राजमार्गबाट स्मारक जाने बाटोको सरसफाई सँगै पूर्ण सुरक्षाका लागि प्रहरी र स्वयम सेवक परिचालन गरिने भएको छ ।

नयाँ वर्षमा गएका वर्षको भन्दा बढी मात्रामा पर्यटकको आउने अपेक्षासहित सरसफाइसहित खानेपानी र बिजुली नियमित आउने व्यवस्था मिलाइएको स्मारक बिकास समितिका सचिव सुदर्शन अधिकारीले बताए ।

गतवर्ष ३० हजार आन्तरिक तथा बाहृय पर्यटक आउँदा समितिले ६ लाख रुपैयाँ आम्दानी गरेको सुनाउँदै उनले भने -हामी यसवर्ष त्यो भन्दा बढी पर्यटकलाई भित्र्याउन लागि परेको छौं ।’

पर्यटकको सुरक्षाका लागि ५० जनपथ प्रहरी, स्थानीय स्तरमा रहेका संघ/सस्थाबाट १ सय जना स्वयमसेवकको परिचालनसँगै समितिको सचिवालय टोलीले भित्री रुपमा अनुगमन गर्ने बताइएको छ । सचिब अधिकारीले भने ँहामि पाहुनाको स्वागतका लागि तयारीका साथ लागेका छौं ।’
बिकास समितिले सर्लाही, बारा, पर्शा,रौतहट, चितवन, नबलपरासी सहितका जिल्लाबाट पिकनिकसहित घुम्नका लागि प्रयाप्त मात्रामा आउने पर्यटकका लागि समितिले विद्यार्थिको लागि १५ र सर्बसाधारणको लागि ३० रुपैयाँ टिकट दर तोकेको जनाएको छ ।

स्मारकमा घोडचडी, प्रजातान्त्रीक पार्क, शहीद पार्क, शहीद स्तम्भसहित पर्यटक आक्रषण गर्ने प्रयाप्त पूर्वाधारहरु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment