Comments Add Comment

महालेखाले भन्योः सेयर कारोबारमा एक अर्ब छुट दिइएको रकम असुल्नू

नेप्सेको उत्तर महालेखाले बुझेन


२९ चैत, काठमाडौं । ब्रोकरलाई लाग्ने कमिशन उठाउन तारम्तार प्रयास गरेर असफल भएको महालेखा परिक्षकको कार्यालयले सेयर कारोबारमा समेत एक अर्ब छुट भएको भन्दै असुल गर्नुपर्ने बताएको छ ।

महालेखा परिक्षकको कार्यालयले आव २०७२/७३ र २०७३/७४ सर्वसाधारण सेयरको बोनस र हकप्रदमा लाग्ने मध्ये पुँजीगत लाभकर ७७ करोड ९५ लाख रुपैयाँले कम दाखिला भएको उल्लेख गरेको छ ।

त्यस्तै, संस्थापक सेयरमा पनि दुई वर्षको २८ करोड ७० लाख रुपैयाँ कम दाखिला भएको प्रतिवेदनमा उल्लेख गरेको छ । कुल एक अर्ब ६ करोड छुट दिनुनपर्ने भएपनि वास्तविक लागतमा पुँजीगत लाभकर नलगाएर छुट दिएको उल्लेख गरेको छ ।

महालेखाले सोभन्दा अघिको वर्षमा समेत वास्तविक लागतमा खर्च कट्टी नभएकोले कट्टी गर्ने व्यवस्था गर्न भनेको छ । तर, नेप्से स्रोतले भने महालेखाको बुझाईमा फरक परेको हुन सक्ने बतायो । ‘बोनस र हकप्रद सेयरको समायोजन गर्दा ग्राहकलाई प्रतिकित्ता सेयरकमा कम लागत परेको देखिन्छ, यस आधारमा बढि कर असुल भएको हुन्छ,’ नेप्से स्रोतको भनाई छ ।

२०६५ साल अघिपनि यही विवाद दोहोरिएपछि अर्थमन्त्रालयले नै बोनस र हकप्रदको समायोजना र त्यसमा कर कट्टी सम्बन्धि शुत्र दिएको थियो । त्यहि आधारमा नेप्सेले हालसम्म बोनस र हकप्रदमा करकट्टी गर्दै आएको छ ।

महालेखा परिक्षकले ब्रोकर कमिशन वापत पनि १६ करोड ६२ लाख मूल्य अभिवृद्धि कर नउठेको उल्लेख गरेको छ । वित्तीय कारोबारको सेवामा पुँजीगत लाभकर नलाग्ने भएकोले कर लगाउन नमिल्ने तर्क धितोपत्र बोर्डले गर्दै आएको भएपनि यो विषय पटक पटक विवादमा पर्दै जाने र सेलाउने गरेको छ ।

बोनस र हकप्रदमा कसरी हुन्छ कर निर्धारण ?

सरसर्ती हेर्दा बोनसमा लगानीकर्ताको लागत शुन्य हुन्छ भने हकप्रदमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँको दरमा लागत लागेको हुन्छ ।
तर, लगानीकर्ताको लगात समायोजन मूल्यले पनि गर्छ । बोनस र हकप्रद सेयर भनेको लगानीकर्तासँग पहिले नै कम्पनीको सेयर हुँदा प्राप्त गर्ने सेयर हो । दोस्रो बजारबाट सेयर किन्दा उसले बोनस सेयर र हकप्रद समायोजन हुनुभन्दा उच्च मूल्यमा सेयर किनेको हुन्छ । यस आधारमा त्यसैपनि लागत बढि परिसकेको हुन्छ ।

अर्को तर्फ नेप्सेले मूल्य समायोजन गर्दा पुरै सेयरको लागत कम देखिने हुन्छ । हिसाबबाट हेर्न सकिन्छ । मानौं , कुनै व्यक्तिले एक सय रुपैयाँको दरमा एक सय कित्ता सेयर किनेको छ । उसको लागत भयो, १० हजार रुपैयाँ । कम्पनीले ६० प्रतिशतको दरमा बोनस सेयर दियो ।
अब लगानीकर्तासँग एक सय ६० कित्ता सेयर हुन्छ । नेप्सेले बोनस सेयर समायोजन गर्दा १.६ प्रतिशत (६० प्रतिशत बोनस दिएकोले) गर्छ । समायोजनको कारण कम्पनीको प्रतिसेयर लागत एक सय रुपैयाँबाट घटेर ६२ रुपैयाँ ५० पैसा हुन आउछ । तर, कम लगात बजार मूल्य बढेको समयमा लगानीकर्तालाई प्रतिफल बढि भएको देखिन्छ । प्रतिफलको आधारमा नै कर तिर्नुपर्ने हुन्छ ।

एक सय रुपैयाँको लागत ६२ रुपैयाँमा घट्दा उसको प्रतिकित्तामा ३८ रुपैयाँ कम लागत परेको देखिन्छ । यस आधारमा उसले पाँच प्रतिशत लाभकर तिर्दा करिब एक कित्तामा एक रुपैयाँ नब्बे पैसा कर तिर्छ ।

यदि मूल्य बढ्यो र एक कित्ताको मूल्य दुई सय रुपैयाँ भयो । यो बेला बोनस समायोजनको कारण उसको प्रतिकित्ताको लागत एक सय २५ रुपैयाँ देखिन्छ । उसलाई नाफा भएको हुन्छ प्रति कित्ता ७५ रुपैयाँ । पाँच प्रतिशत लाभकर लाग्दा उसले ७५ रुपैयाँको दरमा प्रतिकित्ता तीन रुपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ । यसैले कर छुट हुने अवस्था नरहेको नेप्सेका ती अधिकारीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment