Comments Add Comment

नेपाली सेनाको श्रमदानमा विद्यालयमा अपाङ्गतामैत्री शौचालय

३० चैत, गुल्मी । नेपाली सेनाले गुल्मीको एक विद्यालयमा अपाङगतामैत्री शौचालय निर्माण गरिदिएको छ । वीरभद्रजंग गुल्मले विद्यालयमा अपाङगतामैत्री शौचालय निर्माण गरेको हो ।

रेसुङ्गा नगरपालिका-४ स्थित सेउघा निमाविमा अपाङ्गतामैत्री शौचालय निर्माण पश्चात हस्तातरण गरेको छ ।

सेनाले झण्डै २ महिना बढी समय लगाएर निर्माण गरेको चार कोठे पक्की शौचालय एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

शुक्रवार रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसाल र वीरभद्रजंग गुल्मका गुल्म पति जनमत कार्कीले सयुक्त रुपमा शौचालय विद्यालयलाई हस्ताततरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालल सेनालाई धन्यवाद दिदै समाजिक काममा देखाएको रुची र सहयोगले उत्साहित बनाएको बताए ।

सेनाले निर्माण गरेको अपाङ्गतामैत्री शौचालय कुल ३ लाख ५० हजार लागतमा निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल पन्थीले जानकारी दिए । जिल्ला शिक्षाबाट प्राप्त सहयोग १ लाख र अरु बाँकी नेपाली सेनाको श्रमदान रहेको पन्थीले बताए ।

सेनाले आफ्नै श्रमदानमा केही महिनाअघि जिल्लाको रेसुङ्गा नगरपालिका-२ स्थित धागिथुम भगवती मन्दिर परिसरमा ६ वटा मन्दिर निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment