Comments Add Comment

परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाने, उच्चस्तरीय भ्रमण आदान प्रदानबारे छलफल गर्ने तयारी

३० चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

चिनियाँँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली तीन दिने भ्रमणका सिलसिलामा सोमबार बेइजिङ जाँदैछन् ।

नेपालमा केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार गठन भएपछि चीनमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा ज्ञवालीले चिनियाँ विदेशमन्त्रीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ज्ञवालीले बेइजिङमा बिभिन्न नेताहरुलाई भेट्ने र चाइनिज थिंक ट्यांकहरुको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भ्रमण चिनियाँ समकक्षीको निमन्त्रणामा हुन लागेको भन्दै यो भ्रमणका क्रममा विगतमा भएका सम्झौता कार्यन्वयनका सन्दर्भमा पनि छलफल हुने बताए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चाँजोपाँजो मिलाउनेबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पटकपटक स्थगित हुँदै आएको सन्दर्भमा परराष्ट्रमन्त्री ज्ञवालीले औपचारिक भ्रमणका क्रममा उच्चस्तरीय भ्रमण आदान प्रदानको विषय उठाउने स्रोतले जनाएको छ । ओलीलाई चिनियाँ प्रधानमन्त्रीे भ्रमणको निम्तो दिइसकेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले चेङ्दू शहरको भ्रमण गर्नुको साथै सिचुवान प्रदेशकाका नेताहरुसँग भेटघाट तथा सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल लगायत उच्च अधिकारीहरु सामेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment