Comments Add Comment

अंग्रेजलाई हराएको सम्झनामा जितगढीमा विजयोत्सव

संरक्षणमा उपमहानगरको ५० लाख बजेट


१ वैशाख, बुटवल । नेपालीले अंग्रेजलाई हराएको ऐतिहासिक जितगढी किल्लामा यो वर्षदेखि जितगढी विजय उत्सव दिवस मनाइने भएको छ ।

किल्लाको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बुटवल उपमहानगरपालिकाको संयोजनमा यो दिवस मनाउन लागिएको हो ।
नेपालले अंग्रेजलाई हराएको सम्झनामा वैशाख ७ गते यो दिवस मनाउन लागेको उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक किल्ला हो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने पराजित भएको थियो ।

जितगढीमा वि.सं. १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ । सोही दिन (वैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा बुटवल उप–महानगरपालिकाले मनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदीले ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धनमा सहकार्य गर्न यहाँका सामाजिक संघ संस्थाहरुलाई आग्रह गरेका छन् ।

दिवस मनाउन मूल समिति, समितिहरु र विभिन्न उप–समितिहरुसमेत गठन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजन बिसीले जानकारी दिए ।

चुरे पर्वतको काखमा र तिनाउ नदीको पश्चिम किनारमा अवस्थित यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । संरक्षणको अभावमा खण्डहर बनेको किल्ला संरक्षणको पहल वि.सं २०५४ सालमा भएको थियो । त्यतिबेला दुई लाख रुपैयाँ बराबरको विकास बजेटलाई गढीको संरक्षणमा लगाइएको थियो । यसलाई संरक्षण गर्ने भन्दै ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले यहाँ उजिरसिंहको पूर्ण कदको शालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहाराउने योजना तय गरेको छ । भित्री पूर्वाधार निर्माण, झण्डा र शालिक निर्माणका अतिरिक्त त्यस क्षेत्रका भवनहरुको रङ्ग एउटै बनाउने गरी उपमहानगरले योजना बनाएको योजना प्रमुख सुमन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment