Comments Add Comment

गगन थापाले सुरु गरे सफाइ अभियान, शताब्दी पुरुषको साथ

१ वैशाख, काठमाडौं । कांग्रेस सांसद गगन थापाले ‘म बन्छु जिम्मेवारः कर्तव्यसँगै अधिकार’ अभियान सुरु गरेका छन् ।

काठमाडौं ४ का निर्वाचित सांसद एवं पूर्व स्वास्थ्यमन्त्री थापाले नयाँ वर्षको पहिलो दिन आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणासहित अभियान सुरु गरेका हुन् । अभियानको शताब्दी पुरुष मोहन सत्यमोहन जोशीले प्रारम्भ गरे ।

संस्कृतिविद् जोशीले यस्तो अभियान देशैभरीबाट सुरु गर्न आवश्यक रहेको बताए । अधिकारको मात्र खोजी गर्नुको साटो कर्तव्यमा पनि जोड दिने अभियानको प्रशंसा गर्दै उनले भने, ‘हाम्रा नेताहरुको घैटौंमा घाम लागोस्, हामी आफ्नैमा नलागेको भए पनि लागोस् ।’

अघि भने, ‘बाग्मतीको फोहोर मैला मात्र होइन, हाम्रो मनमा भएको राग, खराब बिचार छन्, त्यसलाई बढारेर फाल्ने विचार गरौं ।

कार्यक्रममा सांसद थापाले यो वर्षलाई कर्तव्यको वर्ष बनाउन सबैलाई आग्रह गरे ।

राजनीतिक उपलब्धी हात पनि सामाजिक व्यवहारमा रित्तता रहेको उनले बताए । ‘अधिकार मागिरहेका छौं, कर्तव्य विर्सिएका छौं’ उनले भने, २०७५ साललाई कर्तव्यको वर्ष मनाऔं ।’

अभियान अन्तर्गत यो वर्षभरी काठमाडौं क्षेत्र नम्बर ४ मा ‘हरेक महिना एक बिहान, समुदायको लागि श्रमदान’ कार्यक्रम गरिनेछ ।

अभियान अन्तर्गत शनिबार ज्ञानेश्वरदेखि चावहिलसम्म सरसफाई कार्यक्रम गरिएको थियो । दोस्रो कार्यक्रममा कमलपोखरी सफाइ गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment