+
+

यी हुन् बर्षका उत्कृष्ट ५ नायिका, साम्राज्ञी पहिलो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १ गते १३:५८

चलचित्र हेर्न हलसम्म दर्शक पुग्ने मुख्य आधार हुन्, सो चलचित्रका नायक-नायिका । नेपाली चलचित्रमा स्टारडमको अभाव छ । तर, केहि कलाकारले त्यसलाई भर्ने प्रयास गरिरहेका छन् । यो बर्ष पनि केहि कलाकारको स्टारडम देखियो । हामीले केहि बर्षदेखि ‘बर्षका उत्कृष्ट नायक-नायिका’ छनौट गर्दै आएका छौ ।

यहाँ, हामीले बर्षका ‘उत्कृष्ट नायिका’ प्रस्तुत गर्दैछौ । चलचित्रको व्यापार, नायिकाको क्रेज, स्टारडम, बजार भ्यालू, फ्यान क्रेज, मिडियामा स्थान आदिलाई हामीले मुख्य आधार मानेका छौ ।

१. साम्राज्ञी राज्यलक्ष्मी शाह

नेपाली चलचित्र क्षेत्रमा थोरै चलचित्र खेलेर नै एउटा दरिलो पकड बनाएकी नायिका हुन् साम्राज्ञी । साम्राज्ञीले अभिनय गरेका २ चलचित्र ‘ए मेरो हजुर २ र तिमी सँग’ यो बर्ष रिलिज भए । चलचित्र ‘ए मेरो हजुर २’ यो बर्ष ब्लकबस्टर भयो । यस्तै, अर्को चलचित्र ‘तिमी सँग’को इनिसियल व्यापारमा साम्राज्ञीको स्टारडमले सवैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ ।

यो बर्ष पनि साम्राज्ञीलाई चलचित्रमा लिएर काम गर्न निर्माताहरुले हानथाप गरे । तर, उनले निकै कम चलचित्रमा काम गरिन् । साम्राज्ञीले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएर सबैभन्दा महंगी नायिका समेत बनिन् । यस्तै, उनी विभिन्न ब्रान्डसँग आवद्ध समेत भइन् । नायिका रेखा थापापछि नायिकाको नाममै यति दर्शक हलसम्म आउाछन् भने ती साम्राज्ञी नै हुन् । यी विभिन्न कारणले गर्दा साम्राज्ञी यो बर्षको ‘ओके टप ५ नायिका’को सूचीको पहिलो स्थानमा कब्जा जमाउन सफल भएकी छिन् ।

२. प्रियंका कार्की


गतबर्ष नम्बर १ स्थानमा रहेकी नायिका प्रियंका कार्की यो बर्ष एक स्थान तल झर्दै दोश्रो स्थानमा रहन सफल छिन् । यो बर्ष पि्रयंका अभिनित आधा दर्जन बढी चलचित्र रिलिज भए । त्यसमा ‘छक्का पन्जा २ र सत्रु गते’ बक्स अफिसमा ब्लकबस्टर सावित भए । यो बर्ष पनि पि्रयंकाको क्रेज उस्तै रह्यो । उनी, धेरै चलचित्रमा काम गर्ने धुनमा लागिन् । उनकै कारणले चल्नुपर्ने ‘बटरफ्लाई’ नामक चलचित्र चलेन । ‘राधे, लाल्टिन’ खासै चलेनन् । उनी, यो बर्ष विशेष भूमिकामा पनि बढी देखिइन् ।

प्रियंकाको ब्रान्ड भ्यालू यो बर्ष पनि उस्तै रह्यो । उनलाई, धेरै विज्ञापन कम्पनीहरुले पत्याए । ठूला ब्यानरका चलचित्रमा देखिने प्रियंका आफ्नै दममा भने हिट हुन सकेकी छैनन् । पि्रयंकाले अब चलचित्र छनोटमा  ध्यान दिन जरुरी छ । यो बर्ष पनि सर्वाधिक डिमाण्डेड बनेकी नायिका नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण मिडियामा धेरै छाइन् । यी र यस्तै कारणले उनी यो बर्षको ‘ओके टप ५ नायिका’को सूचीको दोश्रो स्थान कब्जा गर्न सफल छिन् ।

३. स्वस्तिमा खड्का

यो बर्ष नायिका स्वस्तिमा खड्काको क्रेज ह्वात्तै बढ्यो । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘लभ लभ लभ र छक्का पन्जा २’ रिलिज भए । ‘छक्का पन्जा २’ले ब्लकबस्टर व्यापार गर्‍यो भने ‘लभ लभ लभ’मा उनको कामको तारिफ भयो । नायिकाको चर्चा यो बर्ष सर्वाधिक रुपमा हुनुको पछाडि, चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ मुख्य रुपमा रह्यो । यो गीतलाई युटुबमा ४ करोड भन्दा बढीले हेरेका छन् ।

स्वस्तिमा यो गीतका कारण पनि निकै चर्चामा रहिन् । यस्तै, यो बर्ष उनलाई देशका ठूला ब्यानरले पत्याए । चलचित्र ‘नाई नभन्नु ल ५ र जय भोले’ उनको आगामी बर्ष रिलिज हुँदैछन् । यी चलचित्रमा मुख्य नायिकाको रुपमा छनोट हुनुले पनि स्वस्तिमाको लोकप्रियताको मापन गर्न सकिन्छ । स्वस्तिमा यसबर्ष केहि ब्रान्डसँग जोडिइन् । बलिउड नायक सलमान खानसँगको कन्सर्टमा नाच्न नमानेपछि उनको झनै चर्चा भयो । स्वस्तिमाले यी र यस्तै कारणले यो बर्षको ‘ओके टप ५ नायिका’को सूचीमा तेश्रो स्थान कब्जा जमाएकी छिन् ।

४. केकी अधिकारी

नायिका केकी अधिकारी चलचित्रको व्यापारमा अनलक्की नै छिन् । उनले अभिनय गरेका चलचित्र ‘घामपानी, लाल्टिन, राज्जा रानी, हुर्रे’ यो बर्ष रिलिज भए । यसमध्ये ‘घामपानी’ औषत रुपमा चल्यो भने अन्य चलचित्र बक्स अफिसमा पछारिए । केकी यो बर्ष चलचित्र ‘कोहलपुर एक्सप्रेस’ माध्यम निर्मात्रीको रुपमा उदाइन् ।

केकी अधिकारी चलचित्रको पर्दामा नचलेपनि उनको डिमाण्ड भने कम भएन । उनलाई चलचित्रमा लिनका लागि निर्माताहरुले नाक खुम्च्याएनन् । यस्तै, उनी पनि केहि ब्रान्डसँग यो बर्ष जोडिइन् । केकी अधिकारी सामाजिक संजालमा सबैभन्दा लोकपि्रय छन् । उनलाई यो बर्ष पनि फेसबुकमा पछ्याउनेको संख्या बढ्यो । बौद्धिक नायिकाको रुपमा परिचित केकी यो बर्ष ‘ओके टप ५ नायिका’को चौथो स्थानमा पर्न सफल छिन् ।

५. बर्षा राउत

 गतबर्षकी सर्वाधिक सफल नायिका बर्षा राउत यो बर्ष पनि निराश भने हुनु परेन । यो बर्ष उनी अभिनित चलचित्रहरु ‘छक्का पन्जा २, मेरो पैसा खोई, मिस्टर झोले’ रिलिज भए । यी तिन चलचित्रमा ‘छक्का पन्जा २’ ब्लकबस्टर भयो भने ‘मिस्टर झोले’ले लगानी उठायो । ‘मेरो पैसा खोई’ बक्स अफिसमा चलेन ।

बर्षालाई यो बर्ष चलचित्रमा काम गराउन निर्माताहरु लागिपरे । यो बर्ष उनको चर्चा उनको तौलका कारण पनि बढी भयो । मोटाउँदो शरीर घटाउन लागेको भन्दै उनको चर्चा बढी भयो । तौल घटाउन नै उनी अष्ट्रेलिया उडेको भन्दै खबर छापिए । यस्तै, बर्षको अन्त्यमा उनले नायक सलिनमान बनियाँसँगको चलचित्र छाडेको खबर फैलियो । बर्षा यो बर्ष मिडियामा सर्वाधिक खोजिइन् । जसलेगर्दा, उनी यो बर्षको ‘ओके टप ५ नायिका’को सूचीको पाँचौ स्थान जमाउन सफल भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?