Comments Add Comment

कास्कीमा जिप दुर्घटना, उपमेयरसहित ४ घाइते


२ वैशाख, पर्वत । कास्कीको पोखरा लेखनाथ महानगरपालिका-३२ तल्लो गगनगौंडामा शनिबार जीप दुर्घटना हुँदा उपमेयरसहित ४ जना घाइते भएका छन् ।

काठमाडौँबाट पर्वततर्फ फर्किँदै गरेको ना ४ च ५०५४ नम्बरको जिप दुर्घटना हुँदा पर्वतको कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले घाइते भएकी हुन् । प्रहरीका अनुसार, उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् ।

काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । प्रहरीका अनुसार, ठक्करबाट उपप्रमुखलगायत यात्रु सवार जिप सडकमा पल्टिएको थियाे ।

घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment