Comments Add Comment

कसरी सुमधुर बनाउने वैवाहिक जीवन ? 

वैवाहिक जीवनमा सुख एव प्रेमका लागि श्रीमान्श्रीमतीका बीच समझदारी आवश्यक छ । वैवाहिक जीवन सुखी र शान्त हुनु भनेको पृथ्वीमै स्वर्गको भोग गर्नु हो । हिजोआज अधिकांश व्यक्तिको वैवाहिक जीवनबाट शान्ति हराएको पाइन्छ । समयसँगै श्रीमान्श्रीमतीबीचको प्रेम समेत कम हुँदै गएको छ । यस्तो अवस्थामा केही उपाय अपनाएर वैवाहिक सम्बन्धमा मधुरता ल्याउन सकिन्छ ः

-श्रीमान्श्रीमती बेडरुम वा एकान्तमा हुँदा केवल एकअर्काको कुरा गर्नुपर्छ । कुनै तेस्रो व्यक्तिको सम्बन्धका विषयमा कुरा गर्नु ठीक हुँदैन । यसरी एकअर्काको मात्रै कुरा गरियो भने आपसमा विवाद हुने सम्भावना रहँदैन ।

-सुखी वैवाहिक जीवनका लागि जीवनसाथी रिसाएका बेला आफू शान्त रहनुपर्छ । एकजना आगो भएका बेला अर्कोजना पानी बन्नुपर्छ । दुवैजना आगो बनेमा स्थिति अनियन्त्रित हुनसक्छ । क्रोधको अवस्थामा मानिसको विवेक नष्ट हुन्छ, उसले कुन सही कुन गलत भनेर छुट्याउन सक्दैन । यसकारण रिसाएको जीवनसाथीलाई शान्त पार्ने प्रयास गर्नुपर्छ ।

-वैवाहिक जीवन अलिअलि ठाकठुक हुनु सामान्य हा, अगुल्टो नठोसी आगो त बल्दैन भने आपसी सम्बन्धमा तर्क-वितर्क, वादविवाद हुनु सामान्य नै हो । यस्तो अवस्थामा आप\mनो तर्क राख्नुपर्छ तर प्रेमपूर्वक । आफ्नो तर्क राख्ने क्रममा भाषा एवं हाउभाउमा क्रोध तथा अहंकार मिसिएको हुनु हुँदैन । शान्त भावले प्रेमपूर्वक आप\mनो कुरो राख्दा झगडा हुने स्थिति निर्माण हुन पाउँदैन ।

-प्रशंसा सबैलाई मन पर्छ, जीवनसाथीले गरेको प्रशंसा त अझ विशेष हुन्छ । श्रीमानश्रीमती दुवैले हरेक दिन एकअर्काका लागि कम्तीमा पनि एउटा राम्रो कुरा अथवा प्रशंसात्मक कुरा गर्दा दाम्पत्य जीवनमा त्यसको सकारात्मक प्रभाव पर्छ, आपसी प्रेम वृद्धि हुन्छ ।

-कतिपय व्यक्ति अफिसको तनाव घर लिएर जान्छन् । यस्तो परिस्थितिम ाजीवनसाथीले तनाव हटाउने प्रयास गर्नुपर्छ । तनावको कारण बुझेर त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने उपायको खोजी गर्न सकिन्छ भनेर राम्रो सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्छ । यस्तो कुराले वैवाहिक जीवनमा सुखशान्ति एवं प्रेम बढाउने काम गर्छ ।

-जीवनसाथीबाट विगतमा कुनै गल्ती भएको छ भने त्यसलाई वर्तमान समयमा बारम्बार उल्लेख गरिरहनु हुँदैन । यसबाट दुःखबाहेक केही हात लाग्दैन । पुराना गल्तीकमजोरीलाई भुलेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment