+
+
Shares

नयाँ वर्षमा मादल घन्कियो टोरोन्टोमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २ गते १२:५५

१५ अप्रील, क्यानेडा । गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडा र नेप्लिज केनेडियन कम्यूनिटीज सर्बिसेस (एसीसीएस)ले टोरोन्टोमा नयाँ वर्ष ०७५ लार्इ मादलमय बनाएर मनाएका छ्न्।

एनआरएन यस क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, ओन्टारियो प्रोभिन्सकी प्रिमियर क्याथ्ली वाइन, नेपाल सरकारका श्रम मन्त्री गोकर्ण बिस्टले पठाएको शुभकामना मन्तब्यहरु कार्यक्रममा वाचन गरिएको थियो।

प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा, एनसीसी क्यानडाका पूर्व अध्यक्ष गोपाल भण्डारी, एनआरएन अमेरिकी क्षेत्रका पूर्व क्षेत्रीय संयोजक नवराज गुरुङ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रवासमा बसोबास गर्ने नेपालीहरुलार्इ आफ्नो संस्कृति एबम पहिचानको संरक्षण एबम प्रबर्द्धनका लागि नेपालीहरुको मौलिक बाजा मादलले महत्वपूर्ण भूमिका खेल्न सक्ने नजिरको रुपमा मादल अभियान अगाडि बढाएको बरिस्ट मादल बादक एबम एनआरएन क्यानडाका कल्चरल कोअर्डिनेटर सानुराजा महर्जनले बताए ।

महर्जन र हिमालयन भाइब्सका संस्थापक हरि लम्सालले आफूहरु छिट्टै एनआरएन क्यानडाको सहयोगमा क्यानडाका बिभिन्न सिटीहरुमा मोबाइल मादल क्लासको अभियानमा रहेका बताए ।

एनआरएन क्यानडाका महासचिब चिरन्जीबि घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन एनसीसी यस क्यानडाका अध्यक्ष बिदुर के।सीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?