Comments Add Comment

बालबालिकाहरूलाई यसरी राखौं तनावमुक्त

‘तनाव’ शब्द सुन्दा जति छोटो महसुस हुन्छ, समयमै रोकथाम नगरे यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने गर्छ । यस्तो समस्याको शिकार दूधे बालकदेखि यौवनावस्थामा पाइला टेक्दै गरेका लक्काजवान समेत हुने गर्छन् । यिनीहरूलाई तनावमुक्त राख्न सके यिनीहरूमा सकारात्मक सोचको विकास गर्न सकिन्छ । साथै यिनीहरूको शारीरिक तथा मानसिक विकास पनि राम्रोसँग हुन्छ । त्यसैले, बालबालिकाहरूलाई यस उमेरमा सकेसम्म तनाव रहित जिउन प्रेरित गर्नु पर्छ ।

किन हुन्छ बालबालिकाहरूमा तनाव ?

बालबालिकाहरूमा तनावको कैयौं कारण हुनसक्छ । तनाव कुनै पनि उमेरमा हुनसक्छ । एकदेखि १५ वर्षका बालबालिकामा हुने तनावका कारण पनि अलग अलग हुने गर्छ ।

१-२ वर्षको उमेर

-यो उमेर न त बालबालिकाहरूको तनाव लिने उमेर हो । न त उनीहरूले यस उमेरमा तनाव के हो भन्ने कुरा नै थाहा पाउँछन् ।

-त्यसैले यस उमेरमा बालबालिकाहरूमा हुने तनावको कारण आमाप्रतिको उनीहरूको लगाव हुनसक्छ ।

-आमाले कुनै शिशुलाई काखमा लिएमा आमाको माया बाँडिने डरले बालबालिका रुन थाल्छन् जुन एक प्रकारको तनाव नै हो ।

-आमाहरूले गाली गरेको बालबालिकालाई मन नपर्न सक्छ । आमाले गरेको गालीकै कारण कैयौपटक बालबालिकाहरू यति धेरै तनावग्रस्त हुन्छन् कि उनीहरूले दूध नै खान छोडदिन्छन् र उनीहरूको सुताइ समेत कम हुने गर्छ  ।

३-६ वर्ष

-तीन वर्षको बालबालिकाहरू कुरा बुझ्ने उमेरका हुन्छन् । यही उमेरमा बालबालिकाहरू स्कुल जान सिक्छन् । त्यसैले, यो उमेरमा उनीहरूमा हुने तनावको एउटा कारण स्कुल हुनसक्छ । नेपालमा तीन वर्षको उमेर देखि नै बालबालिकाहरूलाई स्कुल पठाउन सुरु गरिन्छ ।

-बालबालिका जब नर्सरीमा जान्छन्, त्यतिबेला उनीहरू आमासित छुट्टएिर बस्ने गर्छन् । र, बालबालिकाहरूलाई  आमासित छुट्टनिुजस्तो ठूलो पीडा अरू केही हुँदैन । जसका कराण उनीहरू तनावग्रस्त हुने गर्छन् ।

-विना कुनै चिनजान दिनभर स्कुलमा बस्नु बालबालिकाको लागि कुनै लडाइँभन्दा कम हुँदैन ।

-यस उमेरका बालबालिका स्कुल, पढाइ र शिक्षक/शिक्षिका अनुसार आफूलाई ढाल्नमा आफूलाई यति धेरै अभ्यस्त गराउँछन् कि उनीहरू यसकै कारण तनावमा रहने गर्छन् ।

७ -११ वर्ष  

-यो उमेरमा तनावको सबैभन्दा ठूलो कारण पढाइ हुने गर्छ ।

-बालबालिकाको टाउकोमा स्कुलको व्यागदेखि राम्रो नतिजा ल्याउनेसम्मको बोझ हुने गर्छ । यस्तो अवस्थामा बालबालिका कसरी तनावबाट अछुतो रहन सक्छन् ?

-यस उमेरमा आमाबाबुको इच्छा पूरा गर्न गर्न स्कुलमा नम्बर धेरै ल्याउन बालबालिकाले आवश्यकता भन्दा बढी मेहेनत गर्न थाल्छन् ।

१२-१५ वर्ष

-यो सबैभन्दा बढी संवेदनशील उमेर हो । यस उमेरमा बालबालिकाहरूले आफूलाई निकै ठूलो महसुस गर्छन् ।

-यस उमेरमा बालबालिकाहरूलाई कुनै रोकटोक मन पर्दैन ।

-यस उमेरमा बालबालिकाहरूको शरीरमा विभिन्न किसिमका परिवर्तन देखा पर्छन् । जस्तैः केटीहरूमा महिनावारी सुरु हुने, पुरुषहरूको स्वर धोत्रे हुने इत्यादि ।

-यी परिवर्तनसित तालमेल मिलाएर हिड्नु पनि उनीहरूका लागि कम चुनौतीपूर्ण तथा तनावपूर्ण छैन ।

त्यसबाहेक पनि अन्य धेरै कारण छ, जसका कारण बालबालिकाहरूमा तनाव उत्पन्न हुने गर्छ ।

आमाबाबुको पारपाचुके

आमाबाबुका साथमा हरेक बालबाबलिकाले आफूलाई सुरक्षित महसुस गर्छन् तर त्यही आमाबाबुको पारपाचुके भएमा बालबालिकाहरू समेत तनावको शिकार हुने गर्छन् । आमाबाबुको पारपाचुके  भएमा बालबालिकाहरूले आमा वा बाबुमध्ये एकलाई छनोट गर्नुपर्छ । कुनै पनि एकजनाको कमी बालबालिकाहरूको तनावको कारक बन्नसक्छ ।

मृत्यु

घरमा कसैको मृत्यु भएमा त्यसले बालबालिकाको मस्तिष्कमा गहिरो असर पर्छ । घर परिवारमा वा आमाबाबुमध्ये कसैको मृत्यु भएमा बालबालिकाले आफूलाई एक्लो महसुस गर्न थाल्छन् । जुन उनीहरूको तनावको कारक बन्न सक्छ ।

ग्याजेट्सको प्रयोग

आजकल धेरै बालबालिकाहरूमा मोबाइल, कम्प्यूटर लगायतको लत बसिसकेको छ । उनीहरू धेरैभन्दा धेरै समय मोबाइल, फोन, कम्प्यूटटर लगायतका ग्याजेट्सको प्रयोगमा विताउने गर्छन् । भिडियो गेम्स तथा सोसल मिडियामा अघि बढ्ने होडले पनि उनीहरूमा तनाव पैदा गर्न सक्छ ।

पारिवारिक झगडा

परिवारमा कलह, आमाबाबुबीच झगडा, रुवाबासी, झैझगडा, किचलो  लगायतले पनि बालबालिकाको मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ । जसका कारण बालबालिकाले एक्लो महसुस गर्न थाल्छन् ।

नयाँ माहोल

प्रायः बालबालिकाहरू नयाँ ठाउँमा चाडै घुलमिल हुन सक्दैनन् । चाहे त्यो नयाँ स्कुल होस्, नयाँ शहर होस् वा नयाँ साथी नै । उनीहरूलाई पुराना कुरा भुलेर नयाँ वातावरणमा भिज्न नै समय लाग्छ ।

बालबालिकाहरूलाई तनावमुक्त राख्ने यस्ता छन् स्मार्ट टिप्स

-बालबालिकाहरूको सबैभन्दा राम्रो साथी भनेको उनीहरूका आमाबाबु हुन् । बालबालिका आˆना आमाबुसित जति नजिक हुन्छन्, अरूसित विरलै हुनसक्छन् । त्यसैले, कुनै पनि समस्या आए त्यस्ता समस्यासित कसरी जुध्ने भन्ने कुरा आमाबाबुले नै आˆना बालबालिकाहरूलाई सबैभन्दा राम्ररी बताउन सक्छन् ।

-बालबालिका तनाव छ जस्तो भन्ने महसुस हुन्छ भने बालबालिकासित  धेरै भन्दा धेरै समय व्यतीत गर्ने कोसिस गरौं, उनीहरूसित कुरा गरौं, के भएको हो, बुझ्ने प्रयत्न गरौं   । उनीहरूलाई माया गरौं । अँगालोमा बाधौं ता कि बालबालिकाले आफूलाई एक्लो महसुस नगरून् ।

– बालबालिकालाई स्पेशल महसुस गराऔँ ।

-उनीहरूको इच्छा, आकांक्षालाई बुझ्ने प्रयास गरौं   । उनीहरूले के मन पराउँछन्, के मन पराउँदैन  त्यसको बारेमा जानकारी राखौँ । यसले बालबालिकाहरूलाई स्पेशल फिल गराउनुका साथै यस्ता प्रश्न गर्नाले उनीहरूलाई महसुस हुन्छ, घरमा उनीहरूको कुराले पनि महत्व राख्छ ।

-अरू बालबालिकाले के गरे भन्नुभन्दा पनि आˆना बालबालिकाको क्षमता बुझ्ने प्रयास गरौँ ।

-बालबालिकाले जे गर्छ, त्यसको सराहना सिकौं  । चाहे त्यो आर्ट  होस् वा डान्स वा कुनै खेलकुद सम्बन्धी गतिविध नै किन नहोस् ।

-अन्य बालबालिकासित आफ्नो बालबालिकाको तुलना गर्नुको सट्टा आफ्नो बालबालिकामा भएको कमी पहिल्याउने कोसिस गरौँ । उनीहरूको हौसला बढाऔँ । यसले बालबालिकाको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।

-सकेसम्म बालबालिकालाई ग्याजेट्सको प्रयोगबाट टाढा राखौ ।

-शिक्षक/शिक्षिकाले पनि बालबालिकालाई गाली गर्नुका सट्टा उनीहरूको मनोदशालाई बुझेर व्यवहार गर्न जरुरी छ ।

-बालबालिकाहरूलाई दैनिक ८ देखि १० घण्टाको निद्रा आवश्यक पर्छ । उनीहरूलाई समयमै सुत्न तथा उठ्न प्रोत्साहित गरौँ ।

-अभिभावक जतिधेरै तनावमा रहन्छन्, बालबालिकाहरूमा यसको प्रभाव पनि उत्ति नै धेरै रहने गर्छ । त्यसैले अभिभावकहरूले सबैभन्दा पहिले आˆनो तनावलाई बालबालिकाहरूबाट टाढा राख्नुपर्छ ।

-कतिपय बालबालिकाहरूमा तनावको अर्को कारण उनीहरूको गल्ती बन्ने गर्छ । त्यसैले, हरेक अभिभावकले आफ्ना बालबालिकाहरूलाई गल्तीबाट डराउने हैन, सिक्नुपर्छ भन्ने सल्लाह दिनुपर्छ ।

-गल्ती भइहालेको खण्डमा डराउने हैन, त्यसलाई सच्याएर अघि बढ्ने सल्लाह दिनुपर्छ ।

-जब बालबालिका तनावमा हुन्छन् तब धेरै खान थाल्छन् । जथाभावी तरिकाले आवश्यकताभन्दा बढी खाएमा मोटोपनाको समस्या बढ्ने हुँदा बालबालिकाहरूलाई विशेष गरी जंकफुडबाट टाढा राख्नुपर्छ ।

-बालबालिकाको स्वास्थ्यमा गम्भीर असर नपरोस् भन्नका लागि उनीहरूलाई सन्तुलित आहार ख्वाउनुपर्छ । गुलियो पेय पदार्थ तथा क्याफिनबाट टाढा राख्नु पर्छ ।

-बालबालिकालाई जनावर मनपर्छ भने घरमा पाल्ने जनावर राखिदिनुपर्छ । यसले बालबालिकाको तनाव कम गर्न मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment