Comments Add Comment

प्रदेश ४ को नीति तथा कार्यक्रम : हेलो मुख्यमन्त्रीदेखि कोरला-पोखरा सडकसम्म

३ बैशाख, पोखरा । प्रदेश ४ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबारको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने भएको छ । सरकारले मुख्य पर्यटन उर्जा कृषि र उद्योगलाई प्राथमिकतामा राखेको छ ।

पहिलो मन्त्रिपरिषदले घोषणा गरेको ८ बुँदे योजनालाई पनि जोड दिएको छ । सरकारले कोरला-पोखरा र पोखरा- कोरला सडक निर्माणलाई जोड दिएको छ भने मर्स्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने बताएको छ ।

नीति तथा कार्यक्रममा ठूलो औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण, सहिद स्मृति पार्क, विद्युतीय सवारी साधनलाई जोड दिइएको छ ।

यस्तै सरकारले प्रदेशसभा गठन भएको दिनलाई प्रदेश दिवसको रूपमा मनाइने भएको छ । प्रदेश आफैंले टीभी र रेडियो सञ्चालन गर्ने नीति पनि अघि सारेको छ ।

हेलो मुख्यमन्त्री कार्यक्रम थाल्ने, प्रादेशिक आयोजनाको पहिचान गर्ने देशविदेशका प्रदेशका नागरिकलाई लगानीका लागि आह्वान गर्ने, सहकारीलाई लगानीका लागि वातावरण बनाउने पनि उल्लेख छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment