Comments Add Comment

बेइजिङमा परराष्ट्रमन्त्रीले भेट्ने उच्च राजनेता को हुन् ?

सी जिनपिङ र केपी ओलीको भ्रमणबारे छलफल हुने

३ बैशाख,काठमाडौं । चिनिया समकक्षी वाङ यीको निमन्त्रणमा सोमबार राति बेइजिङ जान लागेका पपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक भ्रमणका क्रममा चीनका उच्च राजनेतासँग पनि भेटवार्ता हुने बताएका छन् । तर यस्तो भेटवार्ता राष्ट्रपति सी जिनपिङसँग हुने वा प्रधानमन्त्री ली खस्याङसँग हुने भन्ने तय भएको छैन ।

मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयमा अपरान्ह पत्रकार सम्मेलन गरी आफ्नो बेइजिङ बसाईका क्रममा उच्च राजनेतासँग भेटवार्ता हुने बताए । कोसँग भेट हुँदैछ भन्ने उनले खुलाएनन् । यस सम्बन्धी विस्तृत जानकारी तय हुनासाथ मन्त्रालयले उपलव्ध गराउने बताए ।

स्रोतका अनुसार परराष्ट्रमन्त्रीस्तरीय वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाउने गरि ज्ञवालीले चीनिया प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् । सो भेटका क्रममा नेपाल र चीनको उच्चस्तरीय भ्रमण आदान प्रदानको बारेमा कुराकानी हुनेछ । यसका साथै चीनसँग भएका यसअघिका सम्झौता कार्यन्वयनको बारेमा छलफल हुनेछ ।

मन्त्री ज्ञवालीले आफ्नो बेइजिङ भ्रमणका क्रममा दुवै देशका उच्चस्तरीय भ्रमण गराउनेबारे छलफल हुने बताए । सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष हुने भन्दै यसबारेमा दुवैतिरबाट गृहकार्य भइरहेको जानकारी दिए । नेपालमा ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेपछि चीन र नेपालबीच हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो ।

मन्त्री ज्ञवालीले आफ्नो भ्रमणका क्रममा नयाँ सरकारको विदेश नीति, प्राथमिकताका बारेमा जानकारी गराइने बताए । चीनसँग यसअघि भएका पारवहन लगायनका सम्झौता कार्यन्वयनको सन्दर्भमा भइरहेको प्रगतिबारे जानकारी लिने र अब दू्रत गतिमा काम अघि बढाइने बताए ।

द्वीपक्षीय वार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने कार्यक्रम तय भएको छ । उनले बेइजिङ रहदा चिनियाँ थिंक ट्यांकहरुको गोलमेच सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

मन्त्री ज्ञवालीले यसपटकको भ्रमणमा बेल्ड एण्ड रोडमा नेपालको प्राथमकिताका बारेमा छलफल भए पनि बुढीगण्डकी परियोजनाको बारेमा छलफल नहुने बताए । शेरवहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी चिनिया कम्पनीलाई दिने निर्णय रद्द गरि नेपाल आफैंले बनाउने निर्णय गरेको थियो ।

ओलीले सो निर्णय रद्ध गरिने बताएका थिए । मन्त्री ज्ञवालीले भने पूर्ववर्ति सरकारले गरेका निर्णयहरु अहिले अध्ययन भइरहेको भन्दै त्यसअघि बुढीगण्डकीका सन्दर्भमा कुराकानी नहुने प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment