Comments Add Comment

यस्ता संकेत देखिए लक्ष्मीको कृपा प्राप्त हुनसक्छ !

प्राचीन ऋषिमुनिहरूले आफ्नो सूक्ष्म तथा दिव्य दृष्टिका माध्यमबाट जविनका थुप्रै गूढ रहस्यहरूलाई बुझेर त्यसलाई सामान्य मानिसले समेत बुझ्नसक्ने बनाइदिएका छन् । कतिपय ज्योतिष ग्रन्थमा लक्षण तथा सपनाका बारेमा बताइएको छ । यिनमा आफ्ना वरिपरि भइरहेका घटनाहरू, सपना, बोटबिरुवा, पशुपक्षी तथा मानिस आदिका कुनै विशेष लक्षण हेरेर आफ्ना लागि उक्त कुराले शुभ वा अशुभ के कुराको संकेत गर्छ भनेर थाहा पाउन सकिन्छ । यीमध्ये कतिपय लक्षणले कहिले र कसरी धन प्राप्त हुन्छ भन्ने कुराको संकेत गर्छन् ।  के छन् त त्यस्ता संकेत ? हेरौँ,

-शरीरको दाहिने भागमा अथवा दाहिने हत्केलामा लगातार चिलायो भने छिटै धनलाभ हुँदै छ भन्ने बुझ्नुपर्छ ।

-कसैले सपनामा आफूमाथि कानुनी मुद्दा चलाइएको र त्यसमा आफूले निर्दोष भएर सफाइ पाएको देख्यो भने सम्झनुपर्छ, उसलाई अतुल धनसम्पत्ति प्राप्त हुँदै छ ।

-लेनदेनका क्रममा पैसा हातबाट खस्यो भने धनलाभ हुँदै छ भन्ने संकेत पाइन्छ ।

-सपनामा मुँगा, मोती हार, मुकुट आदि देखियो भने घरमा लक्ष्मीको स्थायी निवास हुँदै छ भन्ने बुभ\mनुपर्छ ।

-सपनामा कुमालेले भाँडा बनाइरहेको देखियो भने अपार धनलाभ हुन्छ ।

-बिहान उठ्नासाथ कुनै भिखारी माग्न आयो भने आफूले उधारो दिएको पैसा नमागिकनै छिटै प्राप्त हुँदै छ भन्ने बुभ\mनुपर्छ ।

-विहिबारका दिन पहेँलो लुगा लगाएकी कन्या देखिए त्यो धन प्राप्त हुने कुराको संकेत हो ।

-धनसम्बन्धी कामका लागि कतै जान कपडा लगाउने क्रममा खल्तीबाट पैसा झर्‍यो भने त्यो धनप्राप्तिको संकेत हो ।

-सपनामा आफूले कसैलाई पैसा उधारो दिएको देखियो भने अत्यधिक धनप्राप्ति हुँदै छ भनेर बुझ्नुपर्छ ।

-कतै जाँदा न्याउरी मुसाले बाटो काट्यो अथवा न्याउरी मुसो देखियो भने त्यो शुभ संकेत हुन्छ ।

-बिहान उठ्नेबित्तिकै न्याउरी मुसो देखियो भने त्यो गुप्त धन मिल्ने सम्भावनाको संकेत हो ।

-सपनामा पाकेको सुन्तला देखियो भने चाँडै नै अपार धन प्राप्त हुनेछ ।

-शुक्रबारका दिन कैली गाई देखियो भने कहीँ कतैबाट अचानक पैसा प्राप्त हुँदै छ भन्ने बुभ\mनुपर्छ ।

-आफूले फल खाइरहेको सपना देखियो भने पनि धनलाभ हुन्छ ।

-कुकुरले अचानक जमिनमा टाउको दल्यो र बारम्बार त्यसो गरिरह्यो भने त्यो ठाउँमा गाडिएको धन हुनसक्छ ।

-सपनामा आफूले पिसाब, वीर्य, दिसा वा उल्टी सेवन गरेको देखियो भने पक्कै पनि महाधनी भइन्छ ।

-सपनामा ऊँट देखियो भने अपार धनलाभ हुन्छ ।

-सपनामा आफूलाई तालुखुइले देखियो भने पनि अतुल धनप्राप्ति हुन्छ ।

-सपनामा खेतमा पाकेको गहुँ देखियो भने पनि छिटै नै धनी भइन्छ ।

-सपनामा दाहिने हातमा निख्खर सेतो सर्पले डस्यो भने त्यो व्यक्ति अपार धनसम्पत्तिको मालिक बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment