Comments Add Comment

प्रदेश नं ५ को बजेट पारित : मुख्यमन्त्रीले भने – कार्यान्वयन चुनौतीपूर्ण


३ बैशाख, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार संघीय सरकारको कृपाको आधारमा नभएर अधिकारको रुपमा स्थापित हुनुपर्ने बताएका छन् ।

आर्थिक बर्ष २०७४/०७५ को बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले संबिधानप्रदत्त अधिकारहरु अहिलेसम्म संघीय सरकारले हस्तान्तरण नगरेकाले कारण प्रदेश सरकारले बिनियोजन गरेको सानो आकारको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

‘हामी संघीय सरकारको कृपाको आधारमा नभएर अधिकारको रुपमा स्थापित हुन खोजिरहेका छौ । संविधानले दिएका अधिकारहरु पनि संघीय सरकारले अझै प्रदेश सरकारलाई हस्तान्तरण गरेको छैन’- उनले भने ‘तसर्थ सानो आकारको बजेट कार्यान्वयनमा समेत चुनौती छ ।’

छोटो अवधिका लागि ल्याइएका कारण बजेट ल्याउनुपूर्व सबै सांसदहरुसँग व्यापक छलफल गरेर बजेट ल्याउन असमर्थ भएको भन्दै मुख्यमन्त्री पोखरेलले बजेटले समग्र प्रदेश र सबै सांसदहरुको भावनाको प्रतिनिधित्व गरेको दाबी गरे ।

बिनियोजन बिधेयकमाथिको छलफलमा सहभागि हुदै नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेशसभामा बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा हरेक काममा प्रमुख प्रतिपक्ष दलका नेतालाई सहभागी गराइएको भनि दिएको अभिव्यक्ति झुटो भएको भन्दै दुःख व्यक्त गरे ।

उनले नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल, पाल्पा दरबार, अर्घाखाँचीको सुपादेउराली, प्युठानको स्वर्गद्धारी लगायतका महत्वपूर्ण सम्पदाहरुको बारेमा बजेटले नसमेटेको गुनासो गरे ।

नेपाली कांग्रेसकै सांसद रमा अर्यालले बजेट आलंकारिक र गोलमोटल रुपमा ल्याइएको बजेटमा लक्ष्य किटान नभएको टिप्पणी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment