+
+
Shares

‘भारत’मा सलमानसँग प्रियंकाको जोडी फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ४ गते ११:०२


सन् २०१९ को इदमा रिलिज हुने गरि नायक सलमान खानले चलचित्र ‘भारत’को छायांकन सुरु गरेका छन् । यो चलचित्रमा उच्च भीएफएक्स हुने भएकाले पनि छायांकन सुरु गरिएको हो ।

सलमान अर्को चलचित्र ‘रेश ३’मा पनि व्यस्त हुनेछन् । ‘भारत’लाई अली अब्बास जब्बरले निर्देशन गर्दैछन् । जसले सलमानसँगै चलचित्र ‘सुल्तान र टाइगर जिन्दा हे’मा काम गरेका थिए ।

यो चलचित्रलाई टी-सिरिजले निर्माण गर्दैछन् । यो चलचित्रका लागि लामो समयदेखि नायिकाको खोजी भैरहेको छ । अब, यो चलचित्रको टिमले नायिका प्रियंका चोपडालाई फाइनल गरेको छ ।

हलिउडमा प्रवेश गरेपछि नायिका चोपडाले बलिउड चलचित्र खेलेकी छैनन् । यसैले, पनि यो चलचित्र उनका लागि बलिउड कमब्याक नै हो ।
चलचित्रमा नायिका कट्रिना कैफ पनि हुने चर्चा छ । तर, नायिका चोपडा र नायक खानको जोडी फाइनल भएको छ ।

चलचित्रको छायांकन सोमबारदेखि सुरु भएको हो । यो चलचित्रमा नायक सलमान खानलाई बच्चादेखि बुढासम्मको उमेरमा देखाइनेछ । राष्ट्रियताको कथामा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?