बुधबार, १२ वैशाख, २०७५
Ruslan
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

मुख्यमन्त्रीलाई भेटेर देउवाले भने  : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू

अनलाइनखबर

फाइल फोटो

४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि आग्रह गरे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि मंगलबार नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

यसैबीच नेता देउवाले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको जनसहयोगमा निर्माण हुने शिव मन्दिरको शिलान्यास गरे । विभिन्न संघसंस्था र स्थानीय जनसहयोग गरी करीब ११ लाख रुपैयाँको लागतमा मन्दिर बन्ने स्थानीय समाजसेवी माधव पराजुलीले जानकारी दिए ।

२०७५ वैशाख ४ गते १२:३३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

५ प्रतिकृयाहरू प्राप्त
  • कुशलदेव घिमिरे लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १३:२४

    पीपलपाते नेताहरु!
    बाेलीकाे ठेगान हुनुपराे नि!

    9
    0
    Share

  • Ramesh Shrestha लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १४:०९

    Yo Shyal Bahadur le Hetauda ma tanna Jagga Jamin Kineko cha re ni tyo pani shahar bhitra.

    2
    2
    Share

  • narayan Mahat लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १४:२२

    If spoken of Deuwa is truth, it is sign of deduction of Kongress vote in coming election in 5 districts such as Kavre, Sinchupalchok,Dolkha,Sindhuli and Ramechhap.Be alert.

    3
    2
    Share

  • bijay thapa लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १४:४५

    Is this the decision to be taken by Mr. Deuba (No. 1 culprit for the current situation of Nepal) and the Chief Minster OR to be taken by the concerned members’ of province..?? What is the provision of constitution?

    0
    0
    Share

  • Kathmandu Sharma लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १८:२५

    Deuba le po suru garna lage chhan “Aadhinayak Bad ” ta. Dui tihai sansad ko nirnaya le pradesh sabha le garnu parne nirnaya ta “yinle” ekai bakya ma po garidiye ta ho. Lok tantrik neta hunu ta “yesto”. lau aba cangress le gari khne bho yesta neta jo payeko chha……………..

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this