Comments Add Comment

चिनीको भन्सार महसुल बढ्यो, बजार मूल्य नबढ्ने

४ बैशाख, काठमाडौं । सरकारले चिनीको भन्सार महसुल बृद्धि गर्ने निर्णय गरेको छ ।

हाल १५ प्रतिशत लाग्ने चिनीको भन्सार शुल्क बढाएर ३० प्रतिशत पुर्‍याइएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चिनी उद्योगीहरुको माग अनुसार चिनीको भन्सार दर बढाएको हो ।

सरकारले उखुको समर्थन मूल्य पनि प्रति क्विन्टल ५३१ बाट बढाएर ५ सय ३६ पुर्‍याउने निर्णय गरेको छ । उद्योगी र किसान दुबैलाई प्रोत्साहन गर्ने निर्णय लिएको सरकारका प्रवक्ता राज्यमन्त्री बास्कोटाले बताए ।

तर चिनीको बजारमूल्य भने नबढ्ने उनले बताए ।

सरकारले संघीय सरकार अन्तर्गतका विभागको संख्या पनि ४० बाट घटाएर ३४ कायम गर्ने निर्णय गरेको छ । कर्मचारी दरबन्दी पनि २७ प्रतिशत कटौती गर्ने निर्णय भएको राज्यमन्त्री बास्कोटाले बताए ।

मंगलबारको मन्त्रिपरिषद बैठकले प्रदेश र केन्द्र सरकारबीचमा आन्तरिक सुरक्षा व्यवस्था समन्वय निर्देशिका जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment