चलचित्र ‘कृ’बाट नायिका अदिती वुढाथोकीले राम्रै चर्चा पाइन् । इन्स्टाग्राममा चर्चित अदिती चलचित्रमा आएपछि मिडिया र दर्शकमाझ छाइन् । उनलाई नेपाली चलचित्रमा ठूलो सम्भावना बोकेकी नायिकाको रुपमा हेरियो ।
तर, चलचित्र रिलिज लगत्तै उनी मुम्बई पुगिन् । लामो समयदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकी अदिती अहिले त्यहाँ नृत्य र भाषाको सिकिरहेकी छिन् । यसबाट प्रष्ट हुन्छ, अदिती कलिउडमा भन्दा बलिउडमै आफ्नो भाग्य जाँच्न चाहन्छिन् । त्यसो त उनले भारतका केही भाषाका म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् ।
त्यसो त अदिती अब नेपाली चलचित्र नगर्ने भनेर हिँडेकी होइनन् । राम्रो अफर आएको खण्डमा काम गर्ने उनको भनाई छ । तर, पहिले उनी आफ्नो डान्स र भाषाको क्ल्ास सिध्याउन चाहन्छिन् ।
‘मलाई कुनै हतारो गर्नुपर्ने अवस्था छैन,’ अनलाइनखबरसँग अदितीले भनिन्, ‘म राम्रो कथामा मात्र काम गर्ने भनेर बसिरहेकी छु । साथै, राम्रो प्रोडक्शन हाउस पनि त हुनुपर्यो ।’
त्यसो त अनमोल केसीको आगामी फिल्म क्याप्टेनमा उनी दोहोरिन सक्ने अनुमान पनि गरिएको थियो । तर, त्यो अनुमान फेल खायो । अनमोलको फिल्ममा दुई नयाँ नायिकाहरु फाइनल भइसकेका छन् ।
प्रतिक्रिया 4