Comments Add Comment

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान पत्रकार पौडेललाई

५ बैशाख, काठमाडौं । यसवर्षको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान पत्रकार दिलिप पौडेललाई प्रदान गरिएको छ ।

पुरस्कारको निर्णायक समितिको बैशाख ३ गते बसेको बैठकले नागरिक दैनिकका पत्रकार पौडेललाई १ लाख १ रुपैयाँ राशीको पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त सम्मान बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रदान गर्ने कार्यक्रम रहेको छ ।

बारबरा फाउन्डेसनले आहृवान गरेको अपिल अनुसार पुरस्कारका लागि ४५ वटा आवेदन परेको थियो । त्यसमध्ये निर्णायक समितिको ३ चरणको छनोट प्रक्रियाबाट पौडेललाई चयन गरिएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ ।

पौडेलले लेखेको नेपाल आयल निगमको नेतृत्वबाट भएको सिलसिलावद्ध भ्रष्टाचार र अनियमितासम्बन्धी समाचारलाई उक्त सम्मान दिइएको हो ।

फाउन्डेसनले आवेदन दिएकामध्येबाट ५ उत्कृष्ट अनुसन्धानात्मक समाचार छनोट गरेको थियो । जसमध्ये पत्रकार कल्पना भट्टराईलाई १० हजार १ राशीको प्रोत्साहन सम्मान प्रदान गरिएको छ । उनले खोज पत्रकारिता केन्द्रका लागि क्रसर डनको दबदबा शीर्षकको समाचार लेखेकी थिइन् ।

पत्रकार तथा लेखिका बारबरा एडम्सले खोजी पत्रकारिताको संस्थागत विकासका लागि १० लाख राशीको अक्षयकोष स्थापना गरेकी थिइन् । यो पु्रस्कार सन् २०१६ देखि प्रदान गर्न थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment