+
+
Shares

हुण्डी संचालन गर्ने दुईजना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते १७:०९

५ बैशाख, वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको अरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई कारागार चलान गरेको छ ।

भारत, बिहार, मोतिहारी, रक्सौल नगरपंचायत-२५ कोईरिया टोला घर भई वीरगञ्ज बस्दै आएका ३५ वर्षीय रितेशकुमार गुप्ता, पर्साको वीरगञ्ज हानगरपालिका-५ बस्ने ३० वर्षीय बिनित अग्रवाललाई पूर्पक्षको लागि कारागार चलान गरिएको हो ।

पर्सा जिल्ला अदालतको आदेशले उनीहरुलाई कारागार चलन गरिएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए । ‘अबैध रुपमा बित्तिय कारोबार -हुण्डी ) संचालन गर्ने कार्यमा संलग्न रहेको प्रमाण भेटिएपछि उनीहरुलाई पक्राउ गरेका थियौं, अदालतका आदेश अनुसार कारागार चलान गरेका छौं ।’ उनले भने ।

अवैध हुण्डीको कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले गत माघ २८ गते गाडीका पार्टपुर्जा तथा सर-समानहरु, लुबि्रकेन्ट तेलहरु तथा गि्रजको कारोबार गर्ने भनी वीरगञ्ज महानगरपालिका वडा नं १५ मा सञ्चालित न्यु दक्षिणकाली अटोमोबाईल्स प्रा.लि.मा छापामारी गरेको थियो । सो क्रममा प्रहरीले ५६ लाख रुपैयाँ नगद दुई बोरा कागजपत्रहरु, मोबाइल ६ थानसहित कारोबारमा संलग्न न्यू दक्षिणकाली प्रा.लि.का सञ्चालक भारतीय नागरिक संचालन गर्ने रितेशकुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं २५ का २७ बषिर्य मनोज पटेल , वीरगञ्ज-५ बस्ने ३० बषिर्य बिनित अग्रवाल र सोही वडामा बस्ने ४५ वर्षीय राजेश रौनियारलाई पक्राउ गरेको थियो ।

उनीहरु विरुद्ध बैकिङ कसुर तथा बितिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता गरिएको थियो । अदालतले मनोज पटेल र राजेश रौनियारलाई भने साधारण तारेखमा छोड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी अवैध लागु औषध ओसारपसारमा संलग्न तीन जनालाई पनि पूपक्षका लागि कारागार चलान गरिएको छ ।

काभ्रेपलान्चोक, पनौती नगरपालिका वडा नं.९ बस्ने वर्ष २१ को राजीव थापा, वीरगञ्ज महानगरपालिका वडा नं.१ बस्ने वर्ष १८ को अब्दुल आलम र पर्साको ठोरी गाउँपालिका सुवर्णपुर बस्ने वर्ष १९ को संजिब खड्का रहेका छन् । उनीहरुलाई २०७४ चैत २० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट नियन्त्रित लागू औषध निट्राभेट ट्याबलेट २७३ पिससहित पक्राउ गरेको थियो ।

पर्सा जिल्ला अदालतको बैशाख ४ गतेको आदेशले उनीहरुलाई पूर्पक्षको लागि कारागार चलान गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?