Comments Add Comment

सरकारको चेतावनी : आन्दोलन गरे यातायात समितिको बैंक खाता रोक्का


५ वैशाख, काठमाडौं । सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ ।

सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गर्दैछ ।

तर सरकारले भने यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ ।

यसका लागि प्रधानमन्त्री कार्यालय अन्तरगत ल्याएएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने स्रोतले बताएको छ । देशभर जिल्ला प्रशासन कार्यालयहरुका दर्ता भएर व्यवसायिक रुपमा कारोबार गर्ने झण्डै साढे ३ सय यातायात समितिको विवरण यातायात व्यवस्था विभागले प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।

विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

‘अब सम्पत्ति शुद्धीकरण विभागमार्फत उनीहरुको सबै बैंक खाता र आर्थिक कारोबार रोक्छौं’ उनले भने, ‘संदिग्ध व्यवसायीको आर्थिक स्रोतमाथि पनि छानविन हुन्छ । ’

व्यवसायीले वैशाख २६ गतेबाट अनिश्चितकालनीन सार्वजनिक यातायात सेवा बन्द गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार आन्दोलनका लागि चाहिने रकम जोहो गर्न नसकुन् भन्ने उद्देश्यले समितिहरुको कारोबार रोक्का गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment