Comments Add Comment

अन्तरदेशीय अपराध रोक्न विमानस्थलमा ‘अप्रेशन मन्डला’

६ बैशाख, काठमाडौं । अन्तरदेशीय अपराधको रोमथाम गर्नलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अप्रेशन मन्डला सुरु गरेको छ ।

दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानीहरुको प्रयोगबाट अन्तराष्ट्रिय रुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी रुपमा हुने अपराध रोक्न इन्टरपोल, नेपाल प्रहरी र अध्यागमन विभागको सहभागितामा यो अप्रेशन थालिएको हो ।

अप्रेशन अन्तरगत इन्टरपोलबाट प्राप्त सूचनाको प्रयोग गरी आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गरिने जनाइएको छ ।

प्रहरीको यो अप्रेशनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दले शुभारम्भ गरेका छन् ।

यो अप्रेशन अध्यागमन कार्यालय, बेलहिया रुपन्देहीमा पनि थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment