Comments Add Comment

प्रदेश १ को नामाकरण र स्थायी राजधानी तोक्न कसरत सुरु

६ वैशाख, विराटनगर । प्रदेश १ को नामाकरण र स्थायी राजधानीका विषयमा छलफल सुरु भएको छ ।

प्रदेश सरकार गठन भएको दुइ महिनापछि प्रदेशको नामाकरण र राजधानीका विषयमा सरकारले प्रवेश गरेको हो ।

मुख्यमन्त्री शेरधन राईले बिहीबार संसदीय दलका नेताहरुलाई बोलाएर प्रदेशको नामाकरण, स्थायी राजधानी लगायतका विषयमा छलफल गरेका हुन ।

प्रदेश सरकारको नामाकरण र स्थायी राजधानीको टुंगोका विषयमा भने प्रदेश सभामा प्रबेश पाएको छैन ।

मुख्यमन्त्रीको आवास रहेको राष्ट्रिय वाणिज्य बैंकको हलमा आव्हान गरिएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले छिटै प्रदेशको नामाकरण र स्थायी राजधानीको बारेमा प्रारम्भिक छलफल भएको उनले बताए ।

प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सभाबाट छिटै टुंग्याउनु पर्ने भएकाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई छलफलका लागि बोलाइएको जानकारी दिए ।

‘प्रदेश सरकारको प्रमुखको हैसियतले यस विषयमा मैले सहजिकरण,संयोजक गर्ने छलफल, परामर्श गर्ने कार्यको आजबाटै शुरुआत गरेको छु, सर्वसम्मत रुपमा प्रदेशको नामाकरण,स्थायी राजधानी तोक्ने कुरा प्रदेश सरकार सचेत छ ।’ मुख्यमन्त्री राईले भने ।

प्रदेश सरकारको नामाकरण र राजधानीका विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलको आधिकारिक धारण बनाउन सूचित गरिएको छ ।

यस्तै उनले बजेट पास भइसकेको अबस्थामा अब प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यमा संसदमा प्रतिनिधत्व गर्ने सबै दलको साझा खाका बनाउन छलफल गरिएको बताए ।

बैठकमा नेपाली काग्रेसका संसदीय दलका नेता राजीव कोइराला,संघीय समाजवादी फोरमका जयराम यादव,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्वाहाम्फे सहभागी थिए ।

प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment