+
+
Shares

कपिलले गुहारे पुलिस, यस्तोसम्म गर्थिन् उनकी पूर्वप्रेमिका

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ७ गते १२:५५

‘ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ’ भन्ने नेपाली उखान यतिबेला चरितार्थ भइरहेको छ भारतीय कमेडीयन कपिल शर्माको जीवनमा । अरु त अरु उनलाई पूर्वप्रेमिकाले समेत नानाथरी आरोप लगाएर दिक्क पारिरहेकी छिन् ।

अति भएपछि कपिल प्रहरीको शरणमा पुगेका छन् । उनले ओशिवारा प्रहरी चौकीमा पूर्व प्रेमिकाविरुद्ध उजुरी गरे । उजुरीमा उनले कमेडी नाइट्स विथ कपिलमा काम गर्दा प्रितीले ठगी गरेको आरोप लगाएका छन् । उक्त टेलिभिजन शोमा प्रिती क्रियटिभ डाइरेक्टर थिइन् ।

उजुरीमा कपिलले भनेका छन्, शोको सबै तयारी पि्रतीले गर्थिन् । सेलिब्रिटीको कोअर्डिनेसन गर्नेदेखि आवश्यक चिजहरुको बन्दोबस्त गर्ने सबै उनको जिम्मेवारी थियो । मैले प्रितीलाई सबै जिम्मेवारी दिएर सुरुमा २ लाख तलवमा राखेँ । कम्पनी फाइदामा गइरहँदा उनको तलव पनि बढिरह्यो । कामको क्रममा उनी सँधै मसँगै हुन्थिन् । मैले उनलाई प्रोफेसनल मात्र नभएर आफ्नो निजी जिन्दगीको पनि धेरै कुरा बताएको थिएँ ।’

उनले अगाडि भनेका छन्, ‘पछि मैले थाहा पाएँ कि उनले कार्यक्रममा दर्शक बनेर आउनेहरुसँग पैसा असुल्ने गर्थिन् । अगाडि बस्नेहरुसँग बढि पैसा र पछाडि बस्नेहरुसँग कम पैसा लिने गर्दिरहिछन् ।’

प्रितीको कारणले आफ्नो थुप्रै सेलिब्रिटीहरुसँग पनि सम्वन्ध बिग्रेको कपिलले दावी गरेका छन् । उनी भन्छन्, ‘सेलिब्रिटीहरुसँग उनी कोअर्डिनेसन गर्थिन्, तर मलाई समयमै जानकारी दिन्नथिन् । यसले गर्दा कतिपय सुटिङ क्यान्सिल गर्नुपर्ने हुन्थ्यो । यसरी सेलिब्रिटीहरुमा मप्रति भ्रम उत्पन्न भयो र सम्वन्ध बिगि्रयो ।’

‘फेब्रुअरी २०१८ मा मैले प्रितीलाई उनको घरमै पुगेर भेटेँ । खासमा उनी एक वेबसाइटसँग मिलेर लगातार मेरो बारेमा नकारात्मक प्रचार गरिरहेकी थिइन् । मैले उनीसँग समझदारीका लागि प्रस्ताव गरेँ ।

तर, उनले मलाई जवाफ दिइन्- मबिना तिमीले इन्डष्ट्रीमा केही पनि गर्न सक्दैनौ । म तिमीलाई त्यत्तिकै छोडि्दनँ । म तिमीलाई समाप्त पारेर मात्रै चैनको सास फेर्छु । यदि तिमी मबाट छुट्कारा चाहन्छौ भने २५ लाख देउ । मैले सोधेँ, किन दिने मैले २५ लाख ? उनले केही जवाफ दिइनन् । म उठेर हिँडेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?