Comments Add Comment

यी हुन् लगनशील फोटोग्राफर, जो फोटो खिच्नकै लागि रुखमा झुण्डिए

काठमाडौं । सबै फोटोग्राफर चाहान्छन् मैले खिचेको फोटो उत्कृष्ट होस् । फोटो उत्कृष्ट हुन क्यामरा, लाइट, पृष्ठभूमि लगायतमा भर पर्दछ । यी सबको तारतम्य मिलाएर राम्रो फोटो खिच्न फोटोग्राफरहरु जहिले पनि क्रियाशील हुन्छन् ।

तर तपाईंलाई थाहा छ ? एक क्लिकका लागि योभन्दा पनि महत्वपूर्ण अर्को के हो ? निश्चित रुपमा फोटो ग्राफर । सबै चिजको राम्रो संयोजन हुँदाहुँदै क्यामरा चलाउने व्यक्ति नै गतिलो भएन भने कसरी आउला राम्रो फोटो ! त्यसैले एक व्यक्ति सही सट हान्नका लागि रुखमा झुण्डिएको छ, लाग्छ, यो नै सबैभन्दा लगनशील र फोटोग्राफीमा सबैभन्दा समर्पित फोटोग्राफर हो ।

ट्विटरमा पोस्ट गरिएको एक भिडियोमा नवविवाहित जोडीको फोटोसुट चलिरहेको छ । फोटोग्राफर रुखको हाँगोका उँधोमुन्टो लगाएर झुण्डिएका छन् र फोटो खिचिरहेका छन् । सायद उनलाई सबैभन्दा राम्रो कोण यही लागेको थियो । फोटो खिचिसकेर रुखबाट ओर्लिंदा उनले आफ्नो क्यामरा बेहुलालाई दिन्छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment