+
+
Shares

फिटनेसको नाममा स्वयंलाई सजाय नदिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १६:५६


‘तपाईको शरीर एकदमै फिट एन्ड फाइन देखिन्छ । ज्यान सेपमा छ । फिट रहनका लागि तपाई के गर्नुहुन्छ ?’

एक बलिउड अभिनेत्रीलाई प्रसंगवस् यो प्रश्न सोधियो । उनको जवाफ अन्य अभिनेत्रीको भन्दा भिन्न थियो । उनले भनिन् कि, ‘म फिट रहनका लागि यति घण्टा जिम धाउँछु ।’ उनले भनिन् कि, ‘म फिट रहनका लागि खानपानमा यस्तो काइदा अपनाउँछु ।’ उनल भनिन् कि, ‘म फिट रहनका लागि दैनिक यति पसिना चुहाउँछु ।’

उनले के भनिन् त ?

जवाफ घतलाग्दो छ । अभिनेत्री हुमा कुरैशीले भनिन्, ‘फिटनेस व्यवस्था’ र ‘तौल नियन्त्रण राख्ने’ जस्ता शब्दमा एकदमै अरुची राख्छु । फिट रहनका लागि आफु स्वंमलाई सजाय दिने बिचारमा म सहमत छैन । मलाई यो सही तरिका लाग्दैन ।’ उनले के पनि थपिन् भने, ‘फिट रहनुको अर्थ हो स्वंमको शरीरसँग सन्तुष्ट र सहज अनुभूत गर्नु । म फिट हुनुको साटो उत्कृष्ट हुने कुरामा विश्वास राख्छु ।’

उनलाई अर्को प्रश्न सोधियो, ‘खानपानको सम्बन्धमा तपाईको राय के छ ?’

उनले भनिन्, ‘सबैकुरा खानुहोस् । तर, जिम्मेवारीका साथ । खानपानको स्वास्थ्य तरिका अपनाउनु एक लामो प्रक्रिया हो । कहिले पनि खानामा कटौती भने नगरौं ।’

कसरी फिट रहने त ?

अहिले ‘फिटनेस’, ‘स्लिम’ जस्ता शब्दावलीको खुब प्रयोग हुन्छ । शरीरलाई सुगठित राख्नु, स्वस्थ्य राख्नु पक्कैपनि राम्रो कुरा हो । तर, फिट हुने वा स्लिम हुने चक्करमा हामी जे गर्छौ, त्यो विधी भने सही नहुन सक्छ ।

अहिले धेरैजसो स्लिम हुने चक्करमा खानपानमा कटौती गर्छन्, कडा व्यायाम गर्छन् ।

खासमा शरीर स्वस्थ्य हुनुपर्छ । स्वस्थ्य हुनुका लागि उचित पोषण तत्व आवश्यक हुन्छ । जब हामी स्लिम हुने चक्करमा खानपानमा कटौती गर्छौ, शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । यसले हामीलाई रोगी र कमजोर बनाउँछ ।

त्यसैले फिट वा स्लिम हुने चक्करमा लाग्नुअघि शारीरिक स्वस्थ्यको ख्याल गर्नुपर्छ ।

स्लिम हुनका लागि कडा व्यायाम गर्ने, जिम धाउने प्रवृत्ति बढेको छ । व्यायामले शरीरलाई छरितो बनाउँछ । रक्तप्रवाह सही ढंगले हुन्छ । शरीरका भित्री अंगहरुको कार्य-संचालन सही ढंगले हुन्छ । तर, व्यायामको आफ्नै विधी छ । व्यायाम शरीरको अवस्था र उमेर अनुसार पनि अपनाउनु पर्छ । जस्तोसुकै व्यायाम सबैका लागि उपयुक्त हुन्छ भन्ने छैन । त्यसैले व्यायाम गर्नुअघि आफ्नो शरीरको प्रकृति वा अवस्था, उमेर सबै कुरालाई ख्याल गर्नुपर्छ ।

हाम्रो धारणा के छ भने, कडा व्यायाम गर्नसाथ स्लिम भइन्छ । फिट भइन्छ । एकातिर खानेकुरामा कटौती गर्छौ, अर्कोतिर कडा शारीरिक श्रम । यसले नकारात्मक असर गर्छ ।

किनभने व्यायामले तुरुन्तै स्लिम हुने होइन । यसले क्रमस शरीरमा प्रभाव पार्ने हो । कुनै रसासयनिक औषधी सेवन गरेजस्तै तत्काल कुनै परिवर्तन हुने अपेक्षा राख्नु ठिक होइन । त्यसैले व्यायाम गर्दा शरीरलाई सहज हुने ढंगले गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?