Comments Add Comment

विराटनगर विमानस्थल दिउँसो २ बजेपछि बन्द

धावनमार्ग मर्मत र स्तरोन्नति सुरु


९ वैशाख, विराटनगर । विराटनगरस्थित क्षेत्रीय विमानस्थलको स्तरोन्नतिको काम सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्तरोन्नतिको काम सुरु गरेसँगै विमानस्थल आंशिक रुपमा बन्द गरिएको छ ।

प्राधिकरणका प्रमुख टंकनाथ सिटौलाका अनुसार धावनमार्ग सुधार तथा मर्मत गर्नका लागि विमानस्थल दिउँसो २ बजेदेखि बन्द गरिएको बताए ।

उनले लामो समयदेखि धावनमार्ग मर्मत र स्तरोन्नति नभएकाले अहिले मर्मतसम्भार र धावनमार्गको स्तरोन्नति गर्न थालिएको बताए ।

बिहानदेखि दिउँसो २ बजेसम्म भने विमानस्थलमा उडान-अवतरण यथावत सञ्चालन हुनेछन् ।

विमानस्थलको धावनमार्ग सुधार तथा मर्मत शनिबारदेखि सुुरु भएको हो । मर्मत सुधारको काम दुई सातासम्म चल्ने नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment