Comments Add Comment

नेपाल आउनुअघि मोदी चीन जाने, सीसँग दुई दिने शिखर वार्ता तय

९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि चीन जाने भएका छन् ।

मोदी जेठ ११ मा आउने तयारी छ । तर, उनी आगामी शुक्रबार नै चीन जाने भएका छन् । मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी शुक्रबार र शनिबार दुई दिन बिहान शहरमा अनौपचारिक शिखर वार्ता हुनेछ ।

साङ्घाई कोअपरेसन अर्गनाइजेसन -एससीओ) को सम्मेलन आगामी जुन ९ र १० मा हुनेछ । त्यसअघि नै सी र मोदीले अनौपचारिक शिखर सम्मेलन गर्ने भएका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्तापछि यो तय भएको हो ।

एससीओ विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन स्वराजले वाङसँग भेटवार्ता गरेकी हुन् ।

भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच हुने वार्ता दुई देशको सम्बन्धमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment