Comments Add Comment

असोजमा आर्यन र श्रृष्टीको ‘बाँध मायाले’


निर्देशक सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘बाँध मायाले’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रलाई डीसीएनले वितरण गर्ने पक्का भएको छ । चलचित्रलाई असोज ५ गतेबाट देशभरका हलमा रिलिज गरिने निर्माणपक्षले बताएको छ ।

लभ स्टोरी कथामा तयार भएको चलचित्रमा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । अहिले यो चलचित्रको धमाधम डबिङ कार्य भैरहेको छ । निर्देशक श्रेष्ठले भने-‘हामी केही दिनमै सरप्राइज प्याकेज सार्वजनिक गर्छौ ।’

उनले चलचित्रले दर्शकलाई बाँधेर राख्ने विश्वास व्यक्त गरे । काइट्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा रामहरी धिताल र विभेषिका श्रेष्ठको लगानी छ । चलचित्रमा राजाराम पौडेल, विशाल चाम्लिङ, रविन होडको पनि अभिनय छ ।

किशोर खड्का यही चलचित्रमार्फत यो क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment