Comments Add Comment

समर मेकअप :यसरी देखाउन सकिन्छ आफुलाई आकर्षक

छालाको प्रकृति मौसमअनुसार परिवर्तन हुन्छ । छाला परिवर्तन भएसँगै मेकअपमा पनि परिवर्तन गरिएन भने स्वास्थ्य एवं सौन्दर्यका दृष्टिले हानिहारक हुनसक्छ तसर्थ गर्मी मौसममा मेकअप गर्दा मेकअपमा मात्र परिवर्तन नगरी ट्रेन्ड तथा रंगमा समेत विचार पुर्‍याउनुपर्छ ।

-डिप अरेन्ज, पल्म अरेन्ज, पिंक, कोरल पिंक, पर्ल रेड आदि रंग गर्मी मौसमका लागि आदर्श मानिन्छन् । मेकअप गर्दा यसमा विचार पुर्‍याउनु राम्रो हुन्छ ।

-गर्मी मौसममा कुनै पनि प्रकारको छालामा मेकअप गर्नु कठिन मानिन्छ । तैलीय छालामा बढी कठिन हुन्छ ।

-अन्य फाउन्डेसनका तुलनामा क्रिम फाउन्डेसन लगाउन विशेष मिहिनेत गर्नुपर्ने हुन्छ, यसले छालालाई बढी चिल्लो पनि बनाउँछ । त्यसैले तैलीय छाला छ भने क्रिम फाउन्डेसन प्रयोग गर्नुपूर्व मेटिफाइङ प्राइमर अथवा आयल फ्रि मोइश्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ ।

-लिक्वीड फाउन्डेसनको प्रयोग पनि उपयुक्त हुन्छ । यसले छालालाई सुकाउँछ । तैलीय छालामा लिक्वीड फाउन्डेसन निकै कम समय मात्र टिक्छ । त्यसैले यसलाई क्रिम फाउन्डेसनको कवचका रूपमा प्रयोग गर्नु राम्रो हुन्छ ।

-तैलीय छालाका लागि पाउडर फाउन्डेसन पनि त्यति राम्रो हुँदैन किनभने यो टाँसेको जस्तो देखिन्छ ।

-लिप वाम प्रयोग गर्नु आवश्यक हुन्छ । ओठ नसुके पनि ओठ सुकेको चिह्न नदेखियोस् भनेर लिप वाम प्रयोग गर्नु राम्रो हुन्छ ।

-ओठमा कोरल पिन्क वा स्कीन कलर पेन्सिलको प्रयोग गर्नुपर्छ र यसबाट ओठको आउटलाइनलाई सुरक्षित राख्न सकिन्छ ।

-गर्मी मौसममा लिपस्टिक प्रयोग गर्नुको साटो लिप टिन्टेड वाम वा ग्लस राम्रो हुन्छ । अरेन्ज वेस्ड लिप टिन्ट वा पिंक वेस्ट लिप टिन्ट प्रयोग गर्न सकिन्छ । गर्मीको मौसममा भाइब्रेन्ट कलरबाट बच्नुपर्छ । यो मौसममा हल्का रंग नै राम्रो देखिन्छ ।

-कपर, अरेन्ज कलरजस्ता वार्म स्याडो प्रयोग गर्ने मन छ भने चमक रहित टेक्स्चर भएका आइस्याडो प्रयोग गर्नुपर्छ । चमकदार आइस्याडोको पनि प्रयोग गर्न सकिन्छ तर साँझ र रातिको पार्टी तथा अन्य कार्यक्रमका लागि मात्र उपयुक्त हुन्छ । दिउँसोको मकेअप मेट कलर तथा टेक्स्चरका साथमा राम्रो देखिन्छ र यो छालाका लागि समेत अनुकूल हुन्छ ।

-मेकअप गर्दा पाउडर सकेसम्म कम प्रयोग गर्नुपर्छ, अत्यधिक पाउडरको प्रयोगले छालालाई अझ बढी सुख्खा बनाउँछ भने मेकअप बनावटी देखिन्छ ।
-आँखालाई आकार दिन आइलाइनर प्रयोग गर्नु राम्रो हुन्छ । अहिले क्याट आइलाइनर प्रचलनमा छ । यसको जेल आधारित स्वरूप राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment