+
+

अन्डाको बोक्राबाट पो घर सजाउने कि ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १२:०१

कुरा सामान्य हो, तर निकै उपयोगी छ । तपाई-हामी अन्डा खाइसकेपछि त्यसको बोक्रा डस्विनमा मिल्काउँछौं । ग्रामिण क्षेत्रमा खास समस्या नहोला, तर शहरमा घरबाट निस्कने यस्ता फोहोरको व्यवस्थापन गर्नु निकै झन्झटिलो हुन्छ । त्यसो भए के गर्ने त ? काइदाको उपाय छ ।

अन्डाको बोक्रालाई डस्बिनमा मिल्काउने होइन । यसलाई विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिन्छ । सामान्यतः अन्डाको बोक्रा बगैंचामा मलखाँददेखि कोठामा सजावटको सामाग्रीसम्म बन्छ । सौन्दर्यका लागि पनि अन्डाको बोक्राको प्रयोग गर्न सकिन्छ ।

सजावटको लागि

अन्डा फुटाउँदा जतनसाथ सानो प्वाल पारेर फुटाउने, ताकि त्यसको अन्य भागलाई राम्ररी प्रयोग गर्न सकियोस् । खासगरी सजावटको सामाग्री तयार गर्दा यस्तो विधि अपनाउनुपर्छ । सामान्य प्रयोजनका लागि जसरी फुटाएपनि फरक पर्दैन ।

अब अन्डाको बोक्रालाई विभिन्न रंग-रोगन गर्नुहोस् । त्यसमा तपाईले चाहे अनुसार रंग र आकृति राख्न सक्नुहुनेछ । तस्विरमा दिइएजसरी अन्डाको बोक्रालाई रंग पोतेर सजावटको सामाग्री बनाउन सकिन्छ । अब यसलाई कोठाको कुनै पनि भागमा सजाउन सकिन्छ ।

कुनै बास्केटमा केही थान रंगिन अन्डालाई सजाउन सक्नुहुनेछ । वा फूलको भासमा सजाए हुन्छ ।

सौन्दर्यका लागि

अनुहारको सौन्दर्य निखार्नका लागि पनि अन्डाको बोक्रा उपयोगी हुन्छ भन्ने कुरा सायद तपाईलाई जानकारी नहुन सक्छ । अन्डाको बोक्रामा केही प्रकारका पौष्टिक तत्व रहेको हुन्छ । त्यसलाई मिहिन हुनेगरी पिसेर पेस्ट बनाउने । उक्त पेस्ट अनुहार एवं छालामा प्रयोग गर्न सकिन्छ । यसले अनुहारको सौन्दर्यमा निखार ल्याउँछ ।

बगैंचाको लागि

घरमा बगैंचा छ वा छत, बार्दलीमा कुनै बोट, बिरुवा, तरकारी रोप्नुभएको छ भने अन्डाको बोक्रा निकै उपयोगी हुनसक्छ । कुनैपनि बोटबिरुवा, तरकारी आदिमा अन्डाको बोक्रालाई टुक्राएर मलको रुपमा प्रयोग गर्न सकिन्छ । अन्डाको बोक्राले एकदमै राम्रो प्रांगरिक मलको रुपमा काम गर्छ ।

कपडाको दाग हटाउन

अन्डाको बोक्रा प्रयोग गरेर कपडामा लागेको दाग पनि हटाउन सकिने रहेछ । यसका लागि सबैभन्दा पहिला अन्डाको बोक्रालाई राम्ररी पिस्ने । उक्त पाउडर कपडामा लगाउने । त्यसपछि मनतातो पानीमा डुबाउने । केही समयमै कपडाको दाग हट्छ ।

किटनासको रुपमा

अहिले खेतीबालीमा हानिकारक किटनासक औषधी प्रयोग गरिन्छ । यस्ता किटनासक औषधी खानाको माध्यामबाट हाम्रो शरीरमा पुग्छ । त्यसले कलेजो, मिर्गौला आदिलाई नराम्ररी हानी पुर्‍याउँछ । बजारमा पाइने धेरैजसो सागसब्जीमा यस्ता किटनासक प्रयोग गरिएको हुन्छ ।

तर, प्राकृतिक रुपमा पनि किटनासक औषधी बनाउन सकिन्छ, जसले शरीरलाई कुनै हानी गर्दैन । यसका लागि अन्डाको बोक्रा प्रयोग गर्न सकिन्छ । अन्डाको बोक्रालाई टुक्राएर बोट बिरुवाको फेंदमा राखिदिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?