Comments Add Comment

जिपको ठक्करबाट मृत्यु

११ वैशाख, बारा  । जीतपुर सिमरा उपमहानगरपालिका-१५ डुमरवानामा जिपको  ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सिमरका अनुसार जिपको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना१ज ७४९७ नं को जिपले विपरीत दिशातर्फ जाँदै गरेको ना१८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाैं पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment