११ बैशाख, काठमाडौं । डाँका तथा ठगी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाउन ५ लाख रुपैयाँमा डिलिङ गर्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको पाटन–८ घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ–१०, कपन बस्दै आएका २९ वर्षीय करण सिंह विष्ट छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले कपनबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीका अनुसार उनले सुनसरीको तरहराका एक व्यापारीलाई सस्तोमा सुन दिने आवश्सनमा ०७४ जेठमा काठममाडौं बोलाएर म्ह्यपीमा ३२ लाख रुपैयाँ डकौती गर्ने झमबहादुर बोहोरालाई छुटाउन ५ लाख रुपैयाँ मागेका थिए ।
बोहाराले न्यूरोडस्थित संकटा मन्दिर अगाडि सुन भनेर झुक्याएर ३० लाख रुपैयाँ ठगी गरेको घटनामा पनि अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका विष्टमाथि ठगी मुद्दा अन्तरगत अनुसन्धान थालिने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 4