Comments Add Comment

झापामा ट्रिपरको ठक्करबाट दम्पतिको मृत्यु


१२ वैशाख, झापा । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा ट्रिपरको ठक्करबाट एक दम्पतिको मृत्यु भएको छ ।

ना ७ ख ८०१८ नम्बरको ट्रिपरले मे १६ प ४२०८ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक धनकुटा देब्रेबास नगरपालिका–४ बस्ने ४२ वर्षीय राजेश श्रेष्ठ र पछाडि सवार उनकी श्रीमती ३३ वर्षीया पुष्पाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा उनीहरुको छोरा १६ वर्षीय छोरा रोशन श्रेष्ठ घाइते भएका छन् । उनको बीएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment