Comments Add Comment

बान्नीगढी क्रिकेट लिगको उपाधि साँफेबगरको हातमा


१२ वैशाख, अछाम । जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिकामा सम्पन्न जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले हात पारेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक बान्नीगढी–जयगढ गाउँपालिकालाई १६ रनले पराजित गर्दै साँफेबगर नगरपालिले उपाधिमा कब्जा जमाएको हो ।

फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको साँफेबगर नगरपालिकाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । १ सय रनको लक्ष्य पछ्याएको आयोजक बान्नीगढी–जयगढ गाउँपालिकाले १४ ओभर ५ बलमा अल आउट हुँदै ८३ रनमा समेटिएको थियो ।

सेमिफाइनल खेलमा वैद्यनाथ युवा क्लब कालिमाटीलाई ८ विकेटले पराजित गर्दै साँफेबगर र साँफेबगर नगरपालिका ‘वि’ लाई ३५ रनले पराजित गर्दै आयोजक टिम फाइनलमा पुगेका थिए ।

लिग विजेता साँफेबगर नगरपालिकाले एकलाख २५ हजार नगदसहित ट्रफी हात पारेको छ भने उपविजेता आयोजक बान्नीगढी–जयगढ गाउँपालिकाले ५५ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगिता भर १ सय २४ रन बनाएका विप्लव बिष्ट प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । फाइनलमा साँफेबगरलाई जिताउन ५ विकेट लिएका प्रकाश सिंह म्यान अफ दी म्याच घोषित भएका छन ।

प्रतियोगितासो कालिकामा रहेको थालाकोट क्रिकेट मैदानमा वैशाख ५ गतेबाट शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment