१२ वैशाख, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अपराधिक गतिविधिविरुद्ध चलाएको अपरेसनका क्रममा ८ जना विभिन्न अपराधका अभियुक्त पक्राउ परेका छन् ।
जबर्जस्ती करणीदेखि चोरीसम्मका घटनाविरुद्धको अपरेसनमा प्रहरीलाई सफलता मिलेको जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम पराजुलीले बताए ।
सोलु प्रहरीले आफ्नै १४ वषर्ीया छोरीलाई वलत्कार गर्ने फरार ५० वषर्ीय अभियुक्तलाई पक्राउ गरेको छ । साइली छोरीलाई उनले ११ बर्षको उमेरदेखि जबरजस्ती करण गर्दै आएको खुलेको छ ।
पछिल्लो पटक चैत २९ गते छोरीलाई जबरजस्ती गरेको पिडितकी आमाको उजुरीको आधारमा पीडकलाई पक्राउ गरिएको पराजुलीले बताए ।
बाबुबाट बलात्कृत छोरीको पेटमा २४ हप्ताको गर्भ रहेको परीक्षणवाट पत्ता लागेको छ । प्रहरीले अभियुक्तबाट धम्क्याउन र तर्साउन प्रयोग गरेको एक थान खुकुरी र डोरीसमेत सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक रेशम पराजुलीले जबरजस्ती करणीमा मेलमिलाप हुन नदिने बताए । महिला विकास अधिकृत रश्मी श्रेष्ठले बालिकामाथि परिवारको सदस्यवाट यौनजन्य हिंसामा पर्ने क्रम बाक्लिएकाले सबैलाई सचेत हुन आग्रह गरिन् ।
सोलु प्रहरीले पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको छ । प्रहरीले २०७४ फागुन १३ गते सल्लेरीको ६ वटा पसल र फागुन २४ गते तामाखानीको ज्वालामाई मन्दिरमा चोरी गर्ने खोटाङ जाल्पाका अनिल श्रेष्ठलाई सार्वजनिक गरेको छ ।
पोखराबाट प्रक्राउ परेका श्रेष्ठ ओखलढुंगा, उदयपुर, खोटाङ लगायतका क्षेत्रमा भएका चोरीमा संलग्न भएको खुलासा भएको छ । त्यस्त गत २७ गते सल्लेरीबाट निर्माण सामग्री चोरीमा संलग्न तिङ्लाका मुकेश खड्का, अर्जुन खड्का, भलबहादुर विश्वकर्मा र थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अर्जुन भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच बैशाख ४ गते पुर्वी क्षेत्रको बन्द गराउन सोलुखुम्बुका यातायात व्यवसायीलाई दबाब दिएको आरोपमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध जिल्ला जनपरिषद प्रमुख विवेक राई र जिल्ला सेक्रेटरी मनि कुमार राईलाई समेत पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ ।
विभिन्न अपराध अनुसन्धानमा सफल देखिएको सोलुखुम्बु प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकामा स्काभेटरमा भएको आगजनीका बारेमा अनुसन्धान जारी रहेको बताएको छ ।
प्रतिक्रिया 4