महिलालाई मात्र होइन, पुरुषलाई पनि उमेर अगावै बूढो देखिने रहर हुँदैन । कतिपय पुरुषहरुको कपाल तथा दार्ही समय अगावै फुल्ने गर्दछ । कारणस्वरूप उनीहरू तन्नेरी अवस्थामै बूढो देखिन थाल्छन् । यसको मुख्य कारण भनेको शरीरमा मेलेेनिनको कमी हुनु हो । शरीरमा मेलेनिन नामक तत्वको कमी भएमा पुरुषहरुको दार्ही युवावस्थामै फुल्ने गर्दछ ।
डराइहाल्नुचाहिँ पर्दैन, यसको रोकथामका लागि केही सजिला उपाय छन् । तर त्यस्ता उपायको जानकारी नहुँदा मानिसहरू बजारमा पाइने विभिन्न रसायनयुक्त उत्पादनको प्रयोग गर्दछन् । यस्ता उत्पादनले शरीरमा विभिन्न समस्या निम्त्याउँछ । यसबाट बच्नका लागि तथा सेतो दार्हीलाई कालो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छः
प्याजको रस
सेतो दार्ही कालो बनाउनका लागि प्याज एक अचुक उपाय सावित हुनसक्छ । एक चम्चा प्याजको रसमा पुदिनाको पत्ता मिलाएर तथा आधा कचौरा कालो दाल र आलु पिसेर दार्हीमा लगाउनाले दार्ही स्वस्थ तथा कालो हुने गर्छ ।
गाईको दूध
सेतो दार्हीलाई कालो बनाउनका लागि गाईको दूधबाट बनेको नौनी वा मख्खनको प्रयोग गर्न सकिन्छ । मख्खनले नियमित मालिस गरेको खण्डमा दार्ही फुल्न पाउँदैन ।
मेवा
पुरुषको दार्हीलाई कालो बनाइराख्न तथा दार्ही सेतो हुन नदिन मेवाको सेवन पनि प्रभावकारी मानिन्छ । यसको लागि आधा कचौरा काँचो मेवालाई पिसेर यसमा एक चिम्टी बेसार तथा एक चम्चा एलोबेरा जुस मिलाएर दार्हीमा लगाउन सकिन्छ । नियमित रूपमा यो उपाय अपनाएको खण्डमा दार्ही कालो बन्छ ।
प्रोटिन
शरीरलाई स्वस्थ राख्न समय समयमा प्रोटिन तथा मिनरल्सकेा आवश्यकता पर्छ । प्रोटिन तथा मिनरल्सको सेवनले सेतो दार्ही नआउने हुँदा दूध, दही, घिउ, हरियो सागसब्जी तथा दाल आदिको सेवन पर्याप्त मात्रामा गर्नु आवश्यक छ ।
फिटकिरी
सेतो दार्ही कालो बनाउन फिटकिरीको प्रयोग पनि निकै राम्रो मानिन्छ । यसको लागि फिटकिरीको पाउडरमा गुलाव जल मिलाएर यसको लेप सेतो दार्हीमा लगाउनु पर्छ । यसले सेतो दार्हीलाई कालो बनाउन मद्दत गर्छ ।
कडी पत्ता
कडी पत्ताको पानी पनि सेतो दार्ही कालो बनाउन निकै लाभदायक सावित हुनसक्छ । यसका लागि कडी पत्तालाई थोरै पानीमा उमालेर चिसो भएपछि छानेर खान सकिन्छ ।
अमला
अमला शरीरका लागि निकै फाइदाजनक छ । यसको नियमित सेवनले दार्ही कालो बनाउन मद्दत पुग्छ । यसका लागि लगातार एक महिनासम्म अमलाको रस पिउनु जरुरी छ ।
प्रतिक्रिया 4