१३ वैशाख, दार्चुला । चमेलिया नदी किनारमा बुधबार २ जनाको शव फेला परेको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का अन्दाजी ५२ वर्षीय गोपालदत्त जोशी र बैतडी, डिलाशैनी गाउँपालिका–३ का ३२ वर्षीय धिर्क बोहराको शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी नायब निरीक्षक जयानन्द नाथले जानकारी दिए ।
दार्चुलाका जोशीका शव छोला नजिक फेला परेको हो भने बैतडीका बोहराका शव पङ्शेरा नजिक फेला परेको प्रहरी नायब निरीक्षक नाथले बताए ।
बजार जान्छु भन्दै मंगलबार घरबाट हिँडेका शैल्यशिखर नगरपालिका २ का जोशीको शव बुधबार नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जोशीको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ भने बोहराको शव पनि आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक जयानन्द जोशीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4